एजेन्सी, फाल्गुन २०
अमेरिकाको अलाबामा राज्यमा आएको विनाशकारी आँधीमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । अलाबामा राज्यको ली काउन्टीमा दुई आँधीहरुले खतरनाक विनाश निम्त्याएको स्थानीय अधिकारीले जनाएका छन् । आँधीमा परी मारिनेहरुमा ६ वर्षे एक बालक समेत रहेका छन् । आँधीबाट अरु केही मानिसहरु हराइरहेको तथा अन्य ४० जनाभन्दा धेरै घाइते भएका छन् । शक्तिशाली आँधीले ली काउन्टीका दर्जनौँ घरमा क्षति पु¥याएको जनाइएको छ । हजारौ घरमा विद्युत आपूर्ति बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि आँधी आउन सक्ने भन्दै अलाबामाका मानिसहरुलाई सुरक्षित भएर बस्न आह्वान गरेका छन ।
अमेरिकामा विनाशकारी आँधीमा परी दुई दर्जनको मृत्यु
२० फाल्गुन २०७५