×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकामा हरेक हप्ता ४८ हजार बालबालिकालाई कोभिड

१४ पुष २०७९

१४ पौष, एजेन्सी ।

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ । पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् । ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् ।

अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ । यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरुको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।

यसैबीच अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ । उक्त नियम ज्यानुअरी ५ बाट कार्यान्वयनमा आउनेछ । कोरोनाभाइरस सङ्क्रमण उल्लेख्य रूपमा बढिरहेको भए पनि चीनले आफ्नो सीमा पुनः खुला गर्ने घोषणा गरेसँगै अमेरिकाले नयाँ नियमको घोषणा गरेको हो ।

चीनका छिमेकी देश भारत, जापान र ताइवान तथा इटलीले पनि कोभिड परीक्षणलाई अनिवार्य बनाएका छन् । तर अस्ट्रेलिया र यूकेले चीनबाट आउने यात्रुका लागि त्यस्तो नियम नभएको बताएका छन् । कोभिड महामारी सुरु भएको तीन वर्ष चीन बाह्य विश्वका लागि बन्द रह्यो। उसले नयाँ वर्षको दोस्रो सातादेखि मानिसहरूलाई अझ सजिलोसँग यात्रा गर्न दिन लागेको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताले चीनको कोभिड नीतिको व्यवस्थापनबारे पश्चिमा देश र सञ्चारमाध्यमहरूले “बढाइचढाइ“ गरेको बताएका छन्। चीनमा कोभिडको अवस्था पूर्वानुमान गरे जस्तै रहेको र नियन्त्रण गर्न सकिने स्थितिमा रहेको उनको दाबी छ । यता नेपालमा पनि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ ।

यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ सेभेन हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैले भौतिक दूरी कायम राख्न, मास्कको प्रयोग साबुन पानीले हात धुन साथै कोभिड १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ । तथ्याङ्क अनुसार हालसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । साथै ७९ लाख ७२ हजार सात सय ९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top