×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

३० माघ २०८१

३० माघ , विराटनगर ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका हुन् । तर अहिले अमेरिकी प्रशासन वा अमेरिकी नेतृत्व भन्नासाथ डोनाल्ड ट्रम्प र एलन मस्कको जोडी बुझ्न थालिएको छ । यहाँसम्म कि एलन मस्कमाथि स्टेट क्याप्चर गरेको भन्ने सम्मको आरोप लाग्न थालेको छ ।

जसको खण्डन दुवैले गर्नु परेको छ । टाइम म्यागाजिनले त ट्रम्पको अफिस टेबलमा मस्क बसेको कभर फोटो नै छापेको छ । मस्कमाथि यस्तो आरोप लाग्नुका पछाडी उनलाई ट्रम्पले राज्य संयन्त्रहरुमा अधिक अधिकारसहितको पहुँच दिएकाले नै हो ।

हालै ट्रम्पले मस्कलाई अमेरिकी सरकारको विभिन्न विभागहरुमा दखल दिने अनुमति दिएका छन् । जसले अमेरिकको विशाल सरकारी संयन्त्रलाई प्रभावित बनाएको छ । ट्रम्पले मस्कलाई विशेष सरकारी कर्मचारीका रुपमा नियुक्त गरेका छन् र उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले मस्कलाई थप अधिक अधिकारहरु दिएको छ ।

यो आदेशले सरकारी एजेन्सीहरुलाई मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी(डज)लाई सहयोग गर्न र आदेशहरु मान्न र विशेषगरी कर्मचारीहरुको संख्या कटौती गर्नका लागि बाध्य पार्छ। यसमा निकै आलोचना भइरहेको छ ।

तर मस्कले एक इन्टभ्युमा यो आलोचनाको जवाफ दिएका छन्, उनले भने कि मानिसहरुले सरकारलाई ठूलो सुधारका लागि भोट दिएका छन् । यस्तोमा केही एक्पर्ट्सले भने एलन मस्कका यी कदमहरुलाई एक क्रान्ति मान्न सकिने बताएका छन् ।

किनभने उनले सरकारको डिजिटल ढाँचालाई आफ्नो नियन्त्रणमा लिइरहेका छन् । यद्यपि यो परिभाषा सही होइन । क्रान्तिको सामान्य परिभाषा एक यस्तो प्रयास हो जसमा सैन्य वा राज्यका अन्य शक्ति समूहले संविधानका विपरित सत्ता कब्जा गर्छन ।

तर यहाँ त मस्क र ट्रम्प यो काममा साथै छन् । यस्तोमा एलन मस्कको कामलाई अधिक सटिक रुपमा स्टेट क्याप्चरका रुपमा लिन सकिन्छ । यसको मतलब हो कि राजनीतिक र कर्पोरेट एलिट्सले सरकारका स्रोतसाधनमा अधिकार जमाउँछन् र त्यसलाई आफ्नो नीजि हितका लागि प्रयोग गर्छन ।

यो प्रक्रिया पहिला विभिन्न देशहरुमा देखिसकेको छ, जस्तो कि इन्डोनेसिया, हंगेरी, नाइजेरिया, रुस, श्रीलंका र दक्षिण अफ्रिका । स्टेट क्याप्चरमा राजनीतिक र कर्पोरेट शक्तिहरुले सरकारी संस्थाहरु, सूचना प्रणालीहरु र नीति निर्धारण प्रक्रियाहरुमा कब्जा गर्छन् ।

त्यसपछि यी शक्तिहरुको प्रयोग गरेर उनीहरुले नीजि हितहरुका लागि नियमहरु बनाउँछन्, लागू गर्छन् निर्णय लिन्छन् र संसाधनहरुको वितरण गर्छन् । यसले आम नागरिकहरुको हित हुनुको साटो केबल उनीहरुको व्यक्तिगत र राजनीतिक लाभ पुरा गर्छ ।

नेपालमा पनि बेला बखत प्रतिपक्षमा रहेकाहरुले सत्तारुढमाथि सर्वसत्तावाद लादेको वा राज्य संयन्त्र कब्जा गरेको भन्दै आरोप लगाउँने गरेका छन् । यस्तोमा मस्कले लगातार अमेरिकी सरकारविरुद्ध गरिरहेको आक्रमणले अमेरिकी नागरिकहरुलाई यसको गम्भीर परिणाम भोग्नु पर्ने हुनसक्छ ।

सबैभन्दा पहिलो कुरा त जब अनुभवी सरकारी कर्मचारीलाई हटाइन्छ, सरकारी अनुबन्ध रद्य गरिन्छ र संवेदनशीत सूचना प्रणालीहरुसम्म पहूँच बढाइन्छ भने त यसको असर अमेरिकी नागरिकहरुको जीवनमा देखिने छ ।

स्टेट क्याप्चरको मतलब यो पनि हो कि ट्रम्प प्रशासनका नीतिहरुमा कम जवाफदेहिता हुनेछ । जब कँग्रेस र स्वतन्त्र निगरानीको कमी हुन्छ तब आर्थिक लाभका वितरणमा महत्वपूर्ण निर्णय बन्द ढोका पछाडी गरिन्छ ।

यसको अलाबा, स्टेट क्याप्चर भ्रष्टाचारबाट अछुतो हुनेछैन । यसैपनि मस्कको सल्लाहमा चलेका ट्रम्पले अन्य देशहरूमा अमेरिकी सामानमा लगाएको ट्यारिफ (कर)को बराबरी गर्ने घोषणा अमेरिकी उपभोक्ताका लागि महँगो पर्न सक्ने देखिएको छ ।

अमेरिकाले विदेशबाट धेरै सामान आयात गर्छ । किनभने कतिपय उत्पादन अमेरिकामा भन्दा सस्तो हुन्छ वा अमेरिकामा ति सामग्रीहरुको उत्पादन हुँदैन । कुनै अवस्थामा एउटा मात्र देशले केही विशेष सामान उत्पादन गर्छ ।

ट्रम्पका पूर्ववाणिज्य सचिव विल्बर रसलेका अनुसार ट्रम्पको पहिलो कार्यकालमा अस्ट्रेलिया मात्र ‘ग्रीन स्टील’ उत्पादन गर्ने देश थियो । यसले गर्दा ट्रम्प प्रशासनले अस्ट्रेलियालाई स्टील करमा छुट दिएको थियो ।

यदि छुट नदिइएको भए अमेरिकी उपभोक्ताले ग्रीन स्टीलका लागि २५% बढी तिर्नु पथ्र्यो । ट्रम्पको नयाँ ट्यारिफ नीतिले यस्तो छुट दिँदैन । जसले गर्दा अमेरिकी उपभोक्ताहरू बढी मूल्य तिर्न बाध्य हुनेछन् ।

केही सामानहरू अमेरिकामा उत्पादन हुँदैनन् । जस्तै मेडिकल पञ्जा अमेरिकामा उत्पादन हुँदैन । यी पञ्जाहरु दक्षिणपूर्वी एसियाली देशहरूमा धेरै सस्तोमा उत्पादन हुन्छ । त्यस्तै माइक्रोवेब र लुगाधुने मेशिन जस्ता उपकरणहरूमा प्रयोग हुने रेसिस्टर र क्यापासिटर जस्ता साना पूर्जाहरू पनि अमेरिकामा उत्पादन हुँदैन ।

त्यसैले यस्ता सामानको मूल्य अमेरिकामा अस्वभाविक रुपमा बढ्न सक्छ । युरोपेली कारहरूमा पनि करले ठूलो असर गर्नेछ । हाल अमेरिकाले युरोपेली कारहरूमा २.५ प्रतिशत कर लगाउँछ भने युरोपेली संघले अमेरिकी कारहरूमा १०% ट्यारिफ लगाउँछ ।

तर, ट्यारिफ बराबरको नीतिमा जाने हो भने युरोपेली कारमा अमेरिकाले पनि थप कर लगाउने छ । जसले गर्दा अमेरिकामा युरोपेली कारहरुको मूल्य वृद्धि हुन जान्छ । यदि अन्य देश ट्रम्पको उद्देश्य अनुसार सम्झौता गर्न सहमत हुन्छन् भने ट्रम्पले ट्यारिफ लागू गर्न ढिला गर्न सक्छन् ।

तर, ट्रम्प सम्झौताको ‘मुड’मा देखिएका छैनन् । लोकप्रिय मेक्सिकन बियर मोडेलो र कोरोना अमेरिकी ग्राहकहरूका लागि अझ महँगो हुन सक्ने छ । ती बियर आयात गर्ने अमेरिकी कम्पनीले बढेको आयात कर अनुसार मूल्यमा वृद्धि गर्दा यसको प्रभाव उपभोक्तामा पर्ने छ ।

अमेरिकी उपभोक्ताले मूल्य वृद्धिको सामना गर्न सक्ने एउटा फलफूल एभोकाडो हो । मेक्सिकोमा उत्पादन हुने एभोकाडोले हरेक वर्ष अमेरिकी बजारको झन्डै ९० प्रतिशत हिस्सा ओगट्छ । भन्सार कर लागू भएमा एभोकाडो साथै ग्वाकामोले जस्ता लोकप्रिय एभोकाडो आधारित परिकारहरूको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।

त्यस्तै अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यमा पनि मूल्य वृद्धिको जोखिम छ । किनकी क्यानडा अमेरिकाको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता हो । गत वर्ष जनवरीदेखि नोभेम्बरसम्म अमेरिका आयात भएको तेलमध्ये ६१% क्यानडाबाट आएको थियो ।

अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा २५% भन्सार कर लगाएको छ, तर ऊर्जामा भने कम दर अर्थात् १० प्रतिशत कर लागु गरिएको छ । यस्तोमा एलन मस्कले नै एक यस्तो चेतावनी दिएका छन्, जसले ट्रम्पको टेन्सन बढाएको छ ।

उनले यदी अमेरिकाले आफ्नो बजेट घटाएन भने देश टाट पल्टिने चेतावनी दिएका छन् । डजका मुखियाले मंगलबार व्हाइट हाउमा ट्रम्पकै साथमा भएको एक प्रेस कन्फ्रेन्समा यस्तो चेतावनी दिएका हुन् ।

मस्कले खासगरी देशको बढ्दो बजेट घाटाको विषयमा चिन्ता जाहेर गरेका छन् । जुन गत आर्थिक वर्षमा १.८ ट्रिलियन डलरसम्म पुगेको थियो । उनले भने, कि संघिय खर्चहरुमा कमी कुनै विकल्पमात्रै होइन बरु अनिवार्यता बनिसकेको छ ।

तर ट्रम्प प्रशासनको यो कडा अर्थ नीतिहरु कानूनी विवादहरुमा फस्दै गएको छ । ट्रम्पले हालैका साताहरुमा कयौं कार्यकारी आदेशहरु जारी गरेका छन् जसको उद्येश्य सरकारी खर्चहरु कम गर्नु हो । तर उनका ती नीतिहरुले कयौं संघीय एजेन्सीहरु या त बन्द भएका छन् या त्यसमा रहेका कर्मचारीहरुलाई घर फिर्ता पठाइएको छ ।

यसका कारण अमेरिकी कयौं अदालतहरुमा ट्रम्पका यी निर्णयहरुलाई चुनौती दिइएको छ । विपक्षी नेताहरु र सामाजिक संस्थाहरुले यसलाई अवैध, सत्ताको दुरुपयोग भनेका छन् र ट्रम्प प्रशासन विरुद्ध मुद्या हालेका छन् । यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top