×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकाले भुटानीलाई निकाल्यो, नेपालमा पक्राउ

१६ चैत्र २०८१

१७ चैत ,  एजेन्सी ।

संयुक्त राष्ट्र संघको पहलमा अमेरिकामा निर्वासित भएका १० जना भुटानी शरणार्थीहरुलाई अमेरिकाले देश निकाला गरेको छ । यसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीति अनुरुप निष्काशनमा परेका भुटानीहरु अहिले अनागरिक बनेका छन ।

अमेरिकाबाट उनीहरुलाई भुटान पुर्याएपनि भुटान सरकारले उनीहरुलाई नेपाल तर्फ नै पठाइदिएपछि अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ ।

शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।

ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ । ४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् ।

अमेरिकाबाट आफ्नो समूहमा १० जना निष्कासनमा परेको उनीहरूले प्रहरीलाई बताएका छन् । भुटानी शरणार्थीहरूलाई प्रहरीले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ ।

अहिले पक्राउ परेका भुटानी शरणार्थीलाई के गर्ने भन्नेबारे झापा प्रशासन अध्यागमन विभागको निर्देशनको प्रतिक्षामा रहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार प्रशासनले अध्यागमन कार्यालयलाई उनीहरूको जिम्मा लगाएको छ।

अमेरिकाबाट डिपोर्ट भएर भुटान पठाइएका उनीहरूलाई त्यहाँको सरकारले आफ्नो नागरिकका रूपमा अपनाउन अस्वीकार गरेपछि नेपाल पठाइएको थियो। अध्यागमन कार्यालय काकडभिट्टाका प्रमुख तुलसी भट्टराईका अनुसार अहिले प्रहरीकै जिम्मामा रहेका तीन जना नयाँ शरणार्थीलाई के गर्ने भन्ने टुंगो भइसकेको छैन।

यो घटनाले तीन दशकभन्दा बढी समयदेखि जारी भुटानी शरणार्थी समस्या फेरि बल्झिने हो कि भन्ने शंका जन्माएको बेलडाँगी शिविरमा रहेका शरणार्थीहरू बताउँछन्। डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि उनले आप्रवासीहरूमाथि कडा नीति लिएका छन्।

विभिन्न देशबाट आएका आप्रवासीलाई लगातार डिपोर्ट गरिरहेका छन्। केही नेपालीहरू पनि डिपोर्ट भएर आइसकेका छन्। त्यही सिलसिलामा अमेरिकी सरकारले १० जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेर भुटान फिर्ता पठाएको थियो।

उनीहरूलाई अमेरिकाबाट भारत हुँदै भुटान लगिएको हो। ट्रम्प सरकारले ती १० जना शरणार्थीलाई उनीहरूको वास्तविक मुलुक भुटान नै फिर्ता पठाएको भए पनि त्यहाँको सरकारले अपनाउन मानेन।

शुक्रबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई खानपिन गराएर भारतसँगको सीमावर्ती नाका फुन्सोलिङ ल्याएर छाडिएको थियो। त्यहाँबाट उनीहरू पानीट्यांकी नाका हुँदै नेपाल छिरे।

यसरी छिरेकामध्ये ३ जना भुटानी शरणार्थी शुक्रबार राति बेलडाँगी शिविर आइपुगेका हुन्। यी शरणार्थी कुनै समय तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत राष्ट्रसंघीय मिसनबाट प्रमाणीकरण भएर अमेरिका पुगेका थिए। झापाको बेलडाँगीमा रहेका शरणार्थी शिविरमा अहिलेपनि ५ हजार शरणार्थीको बसोबास रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top