Nepal Times
Nepal Times
3
Shares

अमेरिकाले साउदीका पत्रकार खशोग्जीको हत्या अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने

अमेरिकाले साउदीका पत्रकार खशोग्जीको हत्या अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने

१४ फागुन, एजेन्सी । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ । रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेदार ठहर्याइएको अनुमान गरिएको छ ।

पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत पारिएको थियो ।

खशोग्जीलाई साउदी अरबका शासकको आलोचक मानिन्थ्यो । त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको अनुमान छ । यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका छन् ।

अमेरिकाले आगामी बिहीबार खशोग्जी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बीबीसीले जनाएको छ । अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ ।

‘अमेरिकी राष्ट्रपति जो बाइडनले यो हत्याको रिपोर्ट पढिसकेका छन् र उनले यसबारेमा साउदी अरबका बादशाह सलमानसँग कुरा पनि गर्ने तयारी गरेका छन्,’ बीबीसीले लेखेको छ, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा साउदी अरब र अमेरिकाबीच नजिकको सम्बन्ध थियो । बाइडनले भने साउदीसँगको सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन चाहेका छन् ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.