Nepal Times
Nepal Times
3
Shares

अमेरिका प्रिमियरमा रुचाइयो भुवनको ‘मिस्टर नेपाली’

अमेरिका प्रिमियरमा रुचाइयो भुवनको ‘मिस्टर नेपाली’

२७ कात्तिक, टेक्सस ।
नेपालमा प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गरिएको ‘मिस्टर नेपाली’लाई दलर्शकको राम्रो प्रतिक्रिया मिलेको छ । शुक्रबारदेखि प्रदर्शनमा आउने देव भुसाल निर्देशित सो चलचित्रको अमेरिका प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

चलचित्र हेरेका अधिकांश दर्शकले कथावस्तुको प्रशंसा गरेका छन् भने अहिलेका पुस्ताले चलचित्र हेर्नै पर्ने प्रतिक्रिया दिएका छन् । विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई देखाउनै पर्ने चलचित्रमा यो पनि पर्ने उनीहरूको भनाइ छ ।

चलचित्रमा कमेडी लगायत सम्पूर्ण विषयवस्तु राम्रो रहेको प्रतिक्रिया चलचित्रले पाएको छ । प्रेमराज दाहालले निर्माण गरेको ‘मिस्टर नेपाली’मा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.