×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिका र भारतका राजदूत किन प्रदेश पसे ?

२० माघ २०७९

२० माघ, विराटनगर ।
आसन्न राष्ट्रपति निर्वाचन तथा रिक्त रहेको गृहमन्त्रालयको रस्साकस्समिा शीर्ष दल र सरकार नै रुमलिरहेका बेला नेपालमा सक्रिय र हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्ने गरेका भारत र अमेरिकामा राजदूतहरु भने जिल्ला दौडामा निस्किएका छन् ।

पछिल्लो समय अमेरिकी राजदूत डिन आर थोम्सन प्रदेश १ को राजधानी विराटनगर आएका छन् भने भारती राजदूत नवीन श्रीवास्तव मधेश प्रदेशको राजधानी जनकपुर पुगेका छन् । बिहीबार विराटनगर पुगेका अमेरिकी राजदूतले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीसँग छलफल गरेको छ ।

नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सन र महानगर नेतृत्वबीच शिष्टाचार भेट भएको महानगरका मेयर नागेश कोइरालाको सचिवालयले जनाएको छ। महानगरका तर्फबाट मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका र राजदूत थोम्सनका साथै दूतावासका कर्मचारीहरुका सो भेटवार्तामा सहभागिता रहेको थियो ।

त्यसपछि स्थानीय होटल हेरिसनमा अमेरिकी राजदूतको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतसँग छलफल गरेको जनाइएको छ । मुख्यमन्त्रीसँगको भेटपछि राजदूतको टोलीले रानी मस्जिद र जोगबनीस्थित माइती नेपालको कार्यालय अवलोकन गरेको थियो ।

उता मधेस प्रदेशको राजधानी पुगेका भारतीय राजदूतले जनकपुरको होटल सीताशरणमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका छन् । उनले अन्य दलका नेताहरुसँग छलफल गरेका छन् । राजदूत श्रीवास्तव वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा भएको दुई दिने गोष्ठीमा भाग लिन जनकपुर गएका हुन् ।

जनकपुरमा नेपाल–भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा उनको स्वागत गरेको छ । सो कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताएका छन् ।

राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पारेका छन् । उनले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताएका छन् । राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने वचन दिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top