×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना

१९ मंसिर २०८२

१८ मंसिर , काठमाण्डौ ।

अमेरिकी वायुसेनाको थन्डरबड्र्स स्क्वाड्रनको एफ–१६ लडाकु विमान बिहीबार अमेरिकामा दुर्घटना भएको छ । तर विमान जमिनमा खस्नुभन्दा केही सेकेन्डअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएकाले उनी बाँच्न सफल भएका छन् ।

यो दुर्घटना डेथ भ्यालीको दक्षिणमा रहेको दुर्गम मरुभूमि क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा विमान खसिरहेको र पाइलट प्यारासुटबाट बाहिर निस्किरहेको देखिएको छ ।

विमान खसेपछि ठूलो आवाजका साथ विस्फोट भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाइलटलाई सामान्य चोटपटक मात्र लागेको छ । उनलाई अस्पताल लगिएको छ । स्थानीय अग्नि नियन्त्रण विभागले घटनास्थलमा पाइलट मात्र भेटिएको र आगोले वरपरका क्षेत्रलाई कुनै खतरा नभएको बताएको छ ।

एफ–१६ प्रसिद्ध र शक्तिशाली अमेरिकी लडाकु विमान हो । यसलाई जनरल डाइनामिक्सले १९७० को दशकमा विकास गरेको थियो । अहिले भने यो अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले बनाउँछ । पाकिस्तानसहित २५ भन्दा बढी देशले यो लडाकु विमान प्रयोग गर्छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करहरूलाई लक्षित गरी स्थल कारबाही सुरु गर्ने बताएका छन् । उनले यो जानकारी ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा दिएका हुन् ।

ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्ने कार्यमा वायुसेनाको सातौँ बम विंगलाई धन्यवाद दिए । उनले हाल ८५ प्रतिशत तस्करी समुद्रबाट भइरहेको र अब जमिनबाट पनि रोक्न सुरु गरिने बताएका छन् ।

सेप्टेम्बर २ यता, पेन्टागनले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित रुपमा लागुऔषध बोकेका जहाजहरूमा कम्तीमा २१ वटा ज्ञात आक्रमण गरेको छ, जसमा जहाजमा सवार कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

पछिल्ला महिनाहरूमा, वासिङ्टनले भेनेजुएलासँग ठुलो तटरेखा जोडिएको क्यारिबियन सागरमा प्रमुख विमान वाहक यूएसएस जेराल्ड आर. फोर्ड र लगभग १५ हजार सेनासहित एक दर्जन युद्धपोतहरू तैनाथ गरेको छ।

यस क्षेत्रमा विगत तीन दशकयता यति ठूलो अमेरिकी सैन्य उपस्थिति देखिएको थिएन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशको लागुऔषध व्यापारसँग कुनै सम्बन्ध नभएको भन्दै अमेरिकाले भेनेजुएलामा शासन परिवर्तन गर्ने उद्देश्यले युद्धको बनावट गरेको आरोप लगाएका छन् ।

यता क्याबिनेट बैठकपछि ट्रम्पले भने अमेरिकाले चाँडै भेनेजुएलाको भूभागभित्र पनि जमिनी हमलाहरू सुरु गर्न सक्ने स्पष्ट चेतावनी दिएका हुन् । ट्रम्प प्रशासन क्यारिबियन सागरमा गरिएका हमलाहरूलाई लिएर जाँचको दायरामा आएको बेला ट्रम्पको यो चेतावनी आएको हो ।

उनले स्थलगत हमला सजिलो भएकोमा जोड दिए । उनले भने, “हामीलाई लागुऔषध तस्करहरू कहाँ बस्छन् भन्ने थाहा छ, त्यसैले हामी धेरै चाँडै हमला सुरु गर्नेवाला छौँ ।” हालै ट्रम्प प्रशासनले ती डुंगाहरूमाथि गरिएको हमलालाई लिएर कडा आलोचना सहनु परिरहेको छ, जसलाई लागुपदार्थ तस्करीको आरोप लगाइएको थियो ।

यी हमलाहरूमा हालसम्म ८३ जना मारिएका छन् । यस्तो अवस्थामा ट्रम्पले रक्षामन्त्री हेगसेथको बचाउ गर्दै हेगसेथलाई दोस्रो हमलाको जानकारी नभएको बताए । ट्रम्पले भने, “मलाई दोस्रो हमलाको बारेमा केही थाहा थिएन । मलाई यति मात्र थाहा थियो कि एउटा डुंगालाई निसाना बनाइएको थियो ।”

अर्कोतिर, रक्षामन्त्री हेगसेथले पहिलो हमला प्रत्यक्ष हेरेको तर त्यसपछि आफ्नो अर्को बैठकमा जानु परेको बताएका थिए । उनले भने, “केही घण्टापछि मलाई दोस्रो हमलाको बारेमा थाहा भयो । मैले कुनै जीवित व्यक्ति देखिनँ, किनभने त्यो डुंगा पूर्ण रूपमा आगोमा घेरिएको थियो ।”

यद्यपि, दोस्रो हमलालाई लिएर ह्वाइट हाउसले अमेरिकी स्पेसल अपरेसन कमान्डका प्रमुख एडमिरल फ्रयांक मिच ब्राडलीले दोस्रो हमलाको आदेश दिएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top