×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

१९ बैशाख २०७५

दमासकस, १९ वैशाख ः अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।

हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो । सो कुराको जानकारी यहाँको सरकारी समाचार समिति सानाले दिएको छ ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाली अरब रेड क्रिसेन्टकी हासाकाहस्थित प्रतिनिधिलाई उद्धृतगर्दै सानाले हासाकाहको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको थियो ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ ।

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाल यहाँ कारबाही गर्ने गरेका छन् ।

अमेरिकी नेतृत्वमा पछिल्लो समयमा पनि केही युरोपेली देशहरुसमेतले संयुक्त कारबाही गरेका थिए । सो कारबाहीपछि ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिएको बताइएको छ ।

अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ ।

यस अघि शनिबार सिरियाको ससस्त्र आर्मीले एक व्यक्तव्य मार्फत अमेरिकाले हानेका मिसाइलहरु धेरैजसो असफल बनाइएको र केहि मात्र सफल भएको उल्लेख गरिएको थियो ।

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाख भन्दा बढी मानिसको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top