×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी राष्ट्रपतिको कुर्सी धरापमा ? संवैधानिक संकटमा फसे ट्रम्प

३ चैत्र २०८१

४ चैत , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो संख्यामा डिपोर्टेशन शुरू गरेर विदेशी नागरिक र अन्य देशहरुलाई मात्रै हैरान पारेका छैनन्, उनले यो कदम चालेर आफ्नो खुट्टामा आफै बञ्चरो हानेका छन् । अदालतको आदेशविपरित, अदालतको अवहेलना हुनेगरी ट्रम्पले यो कदम चालेका हुन् ।

आइतबार मात्रै पनि उनले सयौं कथित भेनेजुएलाका आपराधिक समूहका सदस्यहरुलाई अमेरिकाबाट अल सल्भाडोरको जेलमा पठाएका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलाको गिरोह ’ट्रेन डे आरग्व’ का २३८ जना सदस्य र एमएस–थर्टीन नामक अन्तर्राष्ट्रिय गिरोहका २३ जना आफ्नो देशमा आइतवार बिहान आइपुगेको जानकारी दिएका छन् ।

एल साल्भाडोरको जेल विश्वकै क्रुर कारागारका रुपमा परिचित छ । उता अमेरिकाको एक संघीय न्यायाधीशका तर्फबाट यस्तो डिपोर्टमा अस्थायी रोकको आदेश दिइएको छ । १८ औं शताब्दीको युद्धकालीन अवस्थामा राष्ट्रपतिलाई दिइएको अधिकारहरु अन्तर्गत यस्ता डिपोर्टलाई रोक्न अदालतले आदेश जारी गरेका बेला ट्रम्पले त्यसको अवज्ञा गर्दै डिपोर्टेशन जारी राखेका हुन् ।

ट्रम्पले यी आदेशहरुलाई ठाडै अस्वीकार गरेका हुन् । अमेरिकामा न्यायपालिका र वाइटहाउस बीच यो सबैभन्दा नवीनतम टकराव हो । यद्यपि अदालतले भेनेजुएलाका २०० भन्दा धेरै कथित ग्यांग मेंबर्सलाई निर्वासनमा अस्थायी रोक लगाउने आदेश दिनुअघि नै विमान त्यहाँबाट उडिसकेको थियो ।

एक्सियोसको रिपोर्टका अनुसार ट्रंप प्रशासनमाथि अदालतको आदेशको अवहेलनाको आरोप लगाइदा उनका अधिकारीहरुले सो विमान पहिला नै इंटरनेशनल जल क्षेत्रमा पुगेको भनेका छन् । ट्रम्पका आलोचक राष्ट्रिय सुरक्षा वकील मार्क एस जैदले एक्समा लेखेका छन्, ट्रम्पले अंततः महाभियोगको सामना गर्नुपर्ने हुनसक्छ ।

यता ट्रंपले भने निर्वासनमा तिव्रता दिनका लागि १८औं शताब्दीको कानूनको प्रयोग गर्ने घोषणा नै गरेका थिए । यसको केही घण्टापछि ‘यूएस डिस्ट्रिक्ट जज’ जेम्स ई बोसबर्गले यसमा रोक लगाउने आदेश शनिवार जारी गरेका हुन्, तर वकिलहरुले उनलाई बताएका थिए कि २ विमान प्रवासीहरुलाई लिएर एल साल्भाडोर र होंडुरसतर्फ पहिला नै उडान भरीसकेका छन् ।

त्यसपछि बोसबर्गले ती विमानहरुलाई फिर्ता आउनका लागि मौखिक आदेश पनि दिए तर यस्तो गरिएन । यता ‘व्हाइट हाउस’ की प्रेस सचिव क्यारोलिन लेभिटले आइतबार एक बयानमा यसबारे जवाफ दिएकी छन् ।

के प्रशासनले अदालतको आदेश उल्लंघन गरिरहेको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘प्रशासनले अदालतको आदेश पालन गर्न अस्वीकार गरेको छैन । यो आदेशको कुनै वैधानिक आधार छैन र यो टीडीएको विदेशी आतंकवादीहरुलाई अमेरिकी क्षेत्रबाट पहिला नै हटाएपछि मात्रै आएको हो ।

‘ट्रेन डी अरागुआ’ जसलाई ट्रंपले शनिवार नै जारी घोषणामा निशाना बनाएका थिए । वास्तवमा ट्रंप प्रशासनले १८औं शताब्दीको कानूनको प्रयोग गर्ने घोषणा गर्दै शनिवार भनेको थियो कि भेनेजुएलाको एक गिरोह अमेरिकामा आक्रमण गरिरहेको छ ।

र प्रशासनसंग तिनिहरुलाई देशबाट निकाल्नका लागि नयाँ शक्ति छ । ट्रंपले १७९८ को ‘एलियन एनीमीज एक्ट’ (विदेशी शत्रु अधिनियम) लागू गर्ने घोषणा गर्दै दाबी गरे कि भेनेजुएलाको गिरोह ‘ट्रेन डी अरागुआ’ले अमेरिकामा आक्रमण गरिरहेको छ ।

यो अधिनियमले राष्ट्रपतिलाई निर्वासनमा ठूलो संख्यामा तिव्रता ल्याउनका लागि नीतिगत र कार्यकारी कारबाहीको सम्बन्धमा व्यापक छूट दिएको छ । अमेरिकी इतिहासमा यो अधिनियमको प्रयोग अहिलेसम्म केवल तीन पटक भएको छ । र त्यो पनि केवल युद्धको क्रममा भएको हो ।

यसअघि यसको प्रयोग द्वितीय विश्वयुद्धका क्रममा भएको थियो । त्यो समयमा जर्मन र इटालीका मानिसहरुलाई कैद गर्नुका साथै जापानी–अमेरिकी नागरिकहरुलाई सामूहिक रूपले नजरबंद गर्नका लागि यसको प्रयोग भएको थियो ।

अहिले पनि यो २०० वर्ष पुरानो कानूनलाई टेकेर ट्रम्पले अदालतको अवहेलना गरेको भन्दै अब न्याय मन्त्रालयले त्यसविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको अमेरिकी सिभिल लिबर्टिज यूनिअनले अदालतको आदेश उल्लङ्घन भएको हुन सक्ने बताएको छ ।

शक्ति पृथकीकरणको अमेरिकी प्रणालीअनुसार सङ्घीय न्यायाधीशको आदेश सरकारी निकायहरूले पालना गर्नुपर्ने हुन्छ । त्यसैले यो घटनाबाट संवैधानिक प्रश्न उठेको छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top