×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

१० मंसिर २०८२

९ मंसिर , काठमाण्डौ ।

तीन वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेन युद्ध अब भने शान्तिमा बदलिने सम्भावनाहरु बढेको छ । अमेरिकाले अघि सारेको प्रस्तावमा युक्रेन र युरोपेली देशहरुसंगको वार्तापछि अमेरिकाले रुसका प्रतिनिधिहरुसंग पनि वार्ता गरेको छ ।

अहिलेसम्म समग्रमा यी वार्ताहरु निकै नै सकारात्मक रहेको टिप्पणी गरिएको छ । स्वयं युक्रेनले पनि यस्तै प्रतिक्रिया दिएको छ । अमेरिकी सेनाका सचिव ड्यान ड्रीस्कोलले सोमबार यूएईको अबु धाबीमा रुसी अधिकारीहरूसँग युक्रेन युद्ध समाप्त गर्ने प्रस्तावित योजनाबारे छलफल गरेको सीएनएनले समाचार प्रकाशन गरेको छ।

ड्रीस्कोलले मंगलबार पनि यी बैठकहरू जारी राखेका छन् । रुसको प्रतिनिधिमण्डलमा को–को छन् भन्ने स्पष्ट छैन तर ड्रीस्कोल अमेरिकी समूहमा कूटनीतिकर्मी बाहेकका सबैभन्दा वरिष्ठ सदस्य हुन् ।

यी बैठकहरू भविष्यमा उच्च तहका वार्ताका लागि आधार तयार गर्ने उद्देश्यले सुरु गरिएको नाम नखुलाउने शर्तमा अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन् । रुसी प्रतिनिधिमण्डल राष्ट्रपति भ्लादिमिर पुटिनकै अनुमतिमा बैठकमा सहभागी भइरहेको उनले थपे ।

जेनेभामा भएका तीव्र कूटनीतिक छलफलपछि ड्रीस्कोलले यी बैठकहरू गरिरहेका हुन् । जेनेभामा अमेरिकी र युक्रेनी अधिकारीहरूले ट्रम्पको २८ बुँदे शान्ति प्रस्तावका विषयमा वार्ता गरेका थिए ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोका अनुसार, यो प्रस्ताव अमेरिकाले तयार पारेको हो र यसमा रुस तथा युक्रेन दुवैको सुझाव समावेश गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रस्तावको विकल्पमा युरोपेलीहरूले तयार पारेको नयाँ प्रस्तावमा २८ भन्दा कम बुँदाहरू रहेको र आफ्ना उचित सुझावहरूलाई समावेश गरिएको बताएका छन् ।

जेनेभाबाट फर्किएको युक्रेनी टोलीले नयाँ प्रारूपबारे रिपोर्ट गरेको जेलेन्स्कीले बताए । ‘यो नै सही प्रक्रिया हो । म संवेदनशील विषयहरूमा राष्ट्रपति ट्रम्पसँग छलफल गर्नेछु,’ उनले भने । अमेरिकाको योजनाबारे क्रेमलिनले धेरै टिप्पणी गरेको छैन ।

तर, अमेरिकी प्रस्ताव मूलतः अन्तिम शान्ति सम्झौताका लागि आधार बन्न सक्ने पुटिनले बताएका छन् । रुसले हेरेको शान्ति प्रस्तावको संस्करण यस वर्ष अलास्कामा भएको अमेरिका–रुस शिखर वार्ताका छलफलहरूसँग मेल खाएको उनले थपे ।

तर, पछिल्ला दिनहरूमा भएका अमेरिका–युक्रेन वार्तापछि त्यस संस्करणमा परिवर्तन भएको छ कि छैन भनी स्पष्ट छैन । यसैबिच जेनेभामा अमेरिका र युक्रेनबिचको वार्ताले युरोपेलीहरूका लागि निर्णायक सफलता दिएको जर्मन विदेशमन्त्रीले भनेका छन् ।

२८ बुँदे शान्ति योजनाबाट युक्रेनलाई नेटोमा सामेल हुनबाट स्पष्ट प्रतिबन्धलगायत युरोपसँग सम्बन्धित मुद्दाहरू हटाइएको योहान वाडेफुलले बताएका छन् । ‘यो एक निर्णायक सफलता हो जुन हामीले हिजो हासिल ग¥यौँ’ उनले जर्मनीको सार्वजनिक प्रसारण रेडियो स्टेशन ‘डचल्याण्डफङ्क’लाई बताए ।

कुनै पनि सम्झौता युरोपेली र युक्रेनीहरूको हितबाहिर पुग्नु नहुने जर्मन विदेशमन्त्रीले दोहो¥याए । आफूहरूले आइतबार सहमति भएको सम्झौताको २८–बुँदे योजना पूरै वा संशोधन र स्पष्टीकरणहरू हेर्न बाँकी भएको पनि उनले बताए ।

यसैबीच गएराति रुस र युक्रेनले एक अर्कामाथि हमला गरेका छन् । रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा परेर किभमा २ जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा अरू ६ जना घाइते भएको खबर आएको छ ।

उता रुसले पनि युक्रेनको आक्रमणमा तीन जना मरेको बताएको छ । रातभरमा आफ्ना सेनाले २४९ वटा युक्रेनी ड्रोन खसालेको रुसको रक्षा मन्त्रालयले बताएको छ । यी आक्रमणमा कम्तीमा पनि तीन जनाको मृत्यु भएको रोस्तोभ क्षेत्रका कार्यकारी गभर्नर युरी सिलुसारले टेलिग्राममा लेखेका छन् ।

यता भारतका तेल प्रशोधकहरूलाई रुसले बेच्ने गरेको ‘युराल्स क्रुड’ कच्चा तेल थप सस्तो दाममा दिन रुसले प्रस्ताव गरेको ब्लूमबर्ग सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको छ । विगत दुई वर्षमै सबैभन्दा बढी छुटमा कच्चा तेल दिने प्रस्ताव गरिएको छ ।

भारतको रिलायन्स इन्डस्ट्रीज सहित भारतका प्रमुख आयातकर्ताहरूले कठोर बन्दै गएको पश्चिमी प्रतिबन्ध पालन गर्न रुसी तेलको खरिद घटाएको वा रोकिरहेको स्थितिमा रुसको प्रस्ताव आएको हो ।

अमेरिकाले रुसका प्रमुख उत्पादकहरू रोजनेफ्ट र लुकोइलमाथि लगाएको प्रतिबन्धले सन् २०२२ पछि तीव्र रूपमा बढेको तेल व्यापारलाई अवरुद्ध गरेको छ । रिपोर्ट अनुसार, डिसेम्बरमा लोड हुने र जनवरीमा भारत आउने युराल्स कार्गोहरू ‘डेटेड ब्रेन्ट’ को मूल्यभन्दा प्रति ब्यारेल ७ डलरसम्म सस्तोमा बेच्न रुसले प्रस्ताव गरेको छ।

प्रतिबन्धअघि त्यो छुट करिब ३ डलर मात्रै थियो भने अहिले छुट झन्डै दोब्बर भएको देखिन्छ । उपलब्ध कार्गोमध्ये करिब पाँचौं भाग मात्रै प्रतिबन्धमा नपरेका विक्रेताहरूले बेचिरहेका छन् ।

यसले प्रतिबन्धको जोखिम लिन नचाहने भारतीय रिफाइनरीहरूको विकल्प सीमित बनाएको छ । भारतीय रिफाइनरीहरूले प्रतिबन्ध लागू भएपछि रुसी तेलको नयाँ खरिद रोक्न थालेका थिए । तर, भारी छुट देखेपछि ‘ब्ल्याकलिस्ट’ मा नपरेका विक्रेताबाट आयात गर्न सकिने भएकाले कतिपय प्रशोधकहरूले पुनः वार्ता थालेका छन्।

अमेरिकाले रोजनेफ्ट र लुकोइललाई पनि गाजप्रोम नेफ्ट र सुर्गुत नेफ्टेगासमाथि लगाइएका पुराना प्रतिबन्धमा थपिदिँदा नियमअनुसार आयात गर्न सकिने रुसी आपूर्तिको पहुँच झनै घटेको छ । यसले रिफाइनरीहरूलाई मध्यपूर्व र अन्य क्षेत्रबाट विकल्प खोज्न बाध्य बनाएको छ ।

युराल्स मिश्रण रुसको पश्चिमी बन्दरगाहबाट निर्यात हुन्छ र त्यो सन् २०२२ देखि भारतीय रिफाइनरीहरूको मुख्य कच्चा तेल बनिरहेको छ । युक्रेन आक्रमणपछि युरोपतर्फको आपूर्ति घटाएर रुसले भारतलाई ठूलो छुट दिएपछि यसको प्रयोग झन् बढेको हो ।

गत बिहीबार रिलायन्स इन्डस्ट्रीजले आफ्नो जामनगरको निर्यातमुखी रिफाइनरीमा रुसी कच्चा तेलको प्रयोग रोकिएको जानकारी दियो । यो निर्णय युरोपेली संघले रुसी तेलबाट बनेका पेट्रोलियम उत्पादनमा लगाएको प्रतिबन्ध पालना गर्न गरिएको हो ।

भारतको सबैभन्दा ठूलो रिफाइनरी सञ्चालन गर्ने रिलायन्सले २० नोभेम्बरदेखि विशेष आर्थिक क्षेत्र रिफाइनरीमा रुसी क्रुडको प्रशोधन बन्द गरिएको पुष्टि गरेको छ । सन् २०२६ जनवरीमा ईयूले लागू गर्न खोजेका अझ कडा प्रतिबन्धहरूभन्दा पहिले नै तयारीस्वरूप यो कदम चालिएको हो ।

यसको असर रिलायन्सका ईयू, अमेरिकी र अन्य महत्वपूर्ण बजारसम्बन्धी निर्यातमा पर्छ । अब २० नोभेम्बरपछि आउने रुसी तेललाई जामनगर कम्प्लेक्सकै घरेलु बजार–केन्द्रित रिफाइनरीमा पठाइनेछ ।

रिलायन्सले रोजनेफ्टसँग प्रतिदिन ५ लाख ब्यारेलसम्म कच्चा तेल किन्न दीर्घकालीन सम्झौता गरेको थियो । तर, ट्रम्प प्रशासनद्वारा रोजनेफ्ट र लुकओइलमाथि लगाइएका नयाँ प्रतिबन्धपछि यी खरिद क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top