×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

२९ चैत्र २०७४

इस्तानबुल, २९ चैत ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ ।

उनीहरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ । उक्त जानकारीकाअनुसार सिरियामा जारी पछिल्लो प्रगतिका बारेमा उहाँहरुबीच फोनमा कुराकानी भएको बताइएको छ तर यसको पूर्ण जानकारी भने दिइएको छैन ।

उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिएको एक दिनपछि यो फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उता टर्किस् प्रधानमन्त्री बिनाली यिल्दीरीमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध सुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गरेका थिए ।
अमेरिका र टर्की नजिकका नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन् । तर पछिल्ला केही समयमा भने यी राष्ट्रहरुबीच केही आन्तरिक मुद्दाका कारण असहमझदारी विकास हुदै गएको बताइन्छ ।

ट्रम्पले भने– सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ

उता अमेरिकी राष्ट्रपति ट्रम्पले भने सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने चेतावनी दिएका छन् ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा सो सन्देश राखेको बताईएको छ ।

गतहप्ता सिरियामा भएका केही हमलाहरुमा पनि रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका हुन् ।

उनले त्यसका लागि तयार रहन रुसलाई पनि धम्की दिएको बताईएको छ । यसलाई रुसले पनि अमेरिकाको धम्कीका रुपमा लिएको छ ।

पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयमदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ ।

तर उता सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएका छन् ।

सरियामा काम गरिरहेका अमेरिकी मेडिकल अधिकारीसहित सिरियालीमा पनि रासायनिक पदार्थका कारणले देखापर्ने लक्षणहरू देखिएको बताएका छन् ।

त्यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसरी सरकारी सैन्यले गरिरहेको भनिएको रासायनिक हतियार हमलाबाट ज्यान गएको स्थानमा बिना कुनै अवरोध स्वास्थ्य अधिकारीहरुलाई जाने पहुँच दिनुपर्ने माग गरेको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top