×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी संसदमा मस्कका लागि ताली, ट्रम्पका लागि विरोध

२१ फाल्गुन २०८१

२१ फागुन , विराटनगर ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसंग चर्काचर्की गरेर युरोप हानिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्ततः ट्रम्पसँग घुँडा टेकेका छन् । उनले पत्र नै पठाएर सो बैठकबारे आफूलाई पश्चताप लागेको समेत जनाएका छन् ।

र यो कुरा स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन सुनाएका हुन् । ‘मैले जेलेन्स्कीबाट पत्र प्राप्त गरेको छु । पत्रमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेका छन्’ ट्रम्पले सुनाएका छन् ।

आफ्नो प्रशासनले पनि रुस शान्तिको लागि तयार छ भन्ने बलियो संकेत पाएको उनले बताए । युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार भएको आफ्नो सम्बोधनको क्रममा जेलेन्स्कीको पत्र पढ्दै ट्रम्पले भनेका थिए ।

युक्रेनका जनताले भन्दा बढी शान्ति अरू कसैले नचाहेको अनि अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको बदलामा जेलेन्स्कीले खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाएका छन् ।

‘म र मेरो टोली दिगो शान्तिको लागि ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौँ । युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउन अमेरिकाले गरेको कामको हामी साँच्चै कदर गर्छौ। खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा युक्रेन तपाईंको लागि सुविधाजनक कुनै पनि समयमा हस्ताक्षर गर्न तयार छ’ पत्रमा जेलेन्स्कीले भनेका छन् ।

यस्तै जेलेन्स्कीले सामाजिक संजालमा पनि यसबारे उल्लेख गरेका छन् । अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै ह्वाइट हाउसमा भएको वादविवादलाई “पश्चात्तापयोग्य“ भनेका छन् ।

ट्रम्पले वार्ताका लागि तयार नभएको आरोप लगाएपछि जेलेन्स्कीले अब सबै “कुरा मिलाउने समय आएको“ टिप्पणी गरेका हुन् । युक्रेनी राष्ट्रपतिले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पारेका छन् ।

“हामी युद्ध अन्त्यका लागि छिटो काम गर्न तयार छौँ। त्यसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम रोक्ने हुन सक्छ ।

रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिन्छ,“ उनले लेखेका छन्। “हामी त्यसपछिका चरणहरूमा पनि तीव्र गतिमा अघि बढ्न चाहन्छौँ र अन्तिम सुदृढ सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न चाहन्छौँ।“

सामाजिक सञ्जालमा गरेको पोस्टमा जेलेन्स्कीले शुक्रवारको बैठक “सोचे जस्तो नभएको“ जनाएका छन् । “यो यसरी भएकोमा पश्चात्ताप छ,“ उनले लेखेका छन् । उनले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गरेका छन् ।

यता ट्रम्पले भने कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताएका छन् । राष्ट्रपतिमा नियुक्त भएको ३ महिना भित्र उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नो काम भर्खरै शुरू भएको बताएका हुन् ।

उनले आफ्नो भाषण ’अमेरिका इज ब्याक’ अर्थात् अमेरिकाको युग फर्किएको छ भन्ने शब्दबाट सुरु गरेका थिए । सम्बोधनका क्रममा ट्रम्पले जेलेन्स्कीले लेखेको पत्रको आफूले कदर गरेको उल्लेख गरे ।

उनले अमेरिकामा सबैका लागि कर कटौती हुने र सङ्घीय बजेट सन्तुलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गत जनवरी २० मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ खाएयता ट्रम्पले पहिलोपटक संसद्मा सम्बोधन गरेका हुन्।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने चाहना अनुरूप जसरी पनि यसलाई प्राप्त गर्ने दाबी गरेका छन् । ट्रम्पले मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गर्ने आफ्नो साहसी कार्य हुने बताए ।

यस्तै उनले एलन मस्कको सक्रियतामा विभिन्न क्षेत्रको लागत कटौती र विश्वभरका सहायता कार्यक्रमहरूको अन्त्यको कामको प्रशंसा गरेका छन् । सम्बोधनका क्रममा ट्रम्पले मस्कका लागि यो गर्न आवश्यक नरहेको भन्दै अमेरिकी जनताको लागि उनले ठुलो काम गरिरहेको बताएका थिए ।

उनले मस्कको नेतृत्वमा करदाता डलरको स्पष्ट बर्बादीको अन्त्य गरिरहेको बताउदा उपस्थित सांसदहरु र अन्य अतिथिहरुले मस्कको सम्मानमा बजेको तालीले संसद गुन्जिएको थियो । ट्रम्पले मस्कको नाम उल्लेख गर्दा चेम्बरमा उपस्थित मस्कले उभिएर हात हल्लाउदै राष्ट्रपतिलाई सलाम गरेका थिए ।

सम्बोधनको क्रममा ट्रम्पले मस्क नेतृत्वको दक्षता विभागले विभिन्न देशलाई दिइएको अनावश्यक सहयोगको सूची पढेर समेत सुनाएका थिए । ट्रम्पले आफ्नो सम्बोधनको क्रममा लगातार डेमोक्रेटिक पार्टीमाथि आक्रमण गरेका थिए । उनले आफ्नो प्रशासनले विभिन्न क्षेत्रमा कर कटौती गर्ने समेत घोषणा गरे ।

राष्ट्रपति ट्रम्पको भाषणका महत्त्वपूर्ण कुरामा टिट फर ट्याट ट्यारिफ एक रहेको छ । टिट फर ट्याट ट्यारिफ अप्रिल २ देखि लागू हुनेछ । अन्य देशले अमेरिकालाई भारी कर र भन्सार लगाउँछन्, अब हाम्रो पालो हो । कुनै कम्पनीले अमेरिकामा उत्पादन गरिरहेको छैन भने उसले पनि शुल्क तिर्नु पर्नेछ, ट्रम्पले भनेका छन् ।

यस्तै उनले आप्रवासन समस्यामा कुरा राखे । पछिल्ला चार वर्षमा २ करोड १० लाख मानिस अवैध रूपमा अमेरिका प्रवेश गरेका छन् । ट्रम्पले भने हाम्रो सरकारले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो सीमा र आप्रवासन कारबाही सुरु गरेको छ ।

सम्बोधनको क्रममा ट्रम्पले बाइडेन अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति भएको दाबी गरे । उनको कार्यकालमा हरेक महिना लाखौँ अवैध मानिस देशमा प्रवेश गरे । उनको नीतिका कारण देशमा मुद्रास्फीति बढ्यो भने ।

यस्तै ट्रम्पले गोल्ड कार्ड भिसा प्रणाली लागू गर्न लागेको जानकारी दिए । यो ग्रिन कार्डजस्तै हो तर अझ उन्नत छ । यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेछ र कम्पनीहरूलाई फाइदा पु¥याउनेछ । पानामा नहर र ग्रिनल्यान्डको सम्बन्धमा आफ्नो अडान दोहोर्याए ।

कुनै न कुनै रूपमा पानामा नहरको नियन्त्रण प्राप्त गर्नेछौँ। साथै हामी कुनै न कुनै रूपमा ग्रिनल्यान्डलाई हाम्रैमा समावेश गर्नेछौँ। हामी त्यहाँका मानिसहरूको सुरक्षा गर्नेछौँ, उनको जोड दिए । ट्रम्पले अभिव्यक्ति स्वतन्त्रताका बारेमा पनि कुरा राखे ।

उनले भने, हामीले सबै सरकारी सेन्सरसिप समाप्त गरेका छौँ र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौँ। हामीले हतियारका रूपमा प्रयोग हुने सरकारी संयन्त्रलाई ध्वस्त पारेका छौँ। यसैगरी तेल र ग्यासका सन्दर्भमा बोल्दै उनले अमेरिकासँग विश्वका अन्य कुनै पनि देशसँग भन्दा धेरै ’तरल सुन’ (तेल र ग्यास) रहेको बताए ।

हामी अलास्काभरि विशाल प्राकृतिक ग्यास पाइपलाइन निर्माण गर्नेछौँ। धेरै देश यसमा अर्बौं रुपैयाँ लगानी गर्न चाहन्छन् उनले भनेका छन् । सम्बोधनकै क्रममा ट्रम्पले विज्ञानमा नयाँ सीमा पार गर्ने दाबी गरे । मानिसहरूलाई अन्तरिक्षमा डोरÞ्याउनेछौँ।

उनले अगाडी भने, मंगल ग्रहमा अमेरिकी झण्डा फहराउनेछौँ। हामी संसारले देखेको सबैभन्दा उन्नत र शक्तिशाली सभ्यता सिर्जना गर्नेछौँ। यसबीच अमेरिकी संसदमा होहल्ला पनि भएको छ । ट्रम्पले सम्बोधन गरिरहेका बेला अवरोध गर्ने सांसद् भवनबाट निकालिएका छन् ।

ट्रम्पको सम्बोधनका क्रममा बीचमा बोलेर अवरोध गरेपछि डेमोक्रेटिक पार्टीका सांसद अल ग्रिनलाई हाउस च्याम्बरबाट निष्कासन गरिएको थियो । ट्रम्पको सम्बोधन सुरु भएको केही मिनेटमै टेक्सासको ह्युस्टनका डेमोक्रेटिक सांसद ग्रिनले अवरोध गरेका थिए ।

स्वास्थ्य सहायता ’मेडिकएड’ कटौती हुन सक्ने विषय निकाल्दै उनले भनेका थिए, “राष्ट्रपतिज्यू, तपाईंसँग जनादेश छैन ।” त्यसपछि रिपब्लिकन सांसदहरूले ’यूएसए’ भनेर नारा लगाएकापछि उनको आवाज नसुनिने भएको थियो । त्यसपछि सभामुख माइक जोनसनले उनलाई सदनबाट हटाउन आदेश दिएका थिए ।

ग्रिन राष्ट्रपति ट्रम्पका कट्टर आलोचक हुन् । ट्रम्पको पहिलो कार्यकालमै उनले महाभियोग लगाउन आह्वान गरेका थिए । चेम्बरबाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै ग्रिनले आफूलाई जे सजाय दिइए पनि आफू स्वीकार गर्न तयार रहेको भनेका छन् ।

’मेडिकएड’ सीमित आय र स्रोतसाधन भएकालाई उपचार खर्चमा मद्दत गर्ने कार्यक्रम हो । ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन विभिन्न सामाजिक सेवा खारेज गर्ने भने पनि ’मेडिकएड’ कार्यक्रम प्रभावित नहुने बताएको छ ।

तर, ’मेडिकएड’ पनि कटौती हुन सक्ने भनेर डेमाक्रेटहरूले यस विषयलाई मुद्दा बनाएका छन् । समग्रमा अमेरिकी संसदमा ट्रम्पको सम्बोधन, उनले पढेर सुनाएको जेलेन्स्कीको पत्र, उनले गरेको मस्कको प्रशंसा, डेमोक्रेटिक सांसदको विरोधका बीच ट्रम्पले घोषणा गरेका कार्यक्रमबारे आफ्ना धारणा पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top