×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी सरकारमै चिनियाँ जासुस, न्यूयोर्कबाट अमेरिकी नागरिक पक्राउ

२० भाद्र २०८१

२० भदौ ,एजेन्सी ।

विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनपछिल्लो समय साइबर आक्रमण तथा प्रतिद्वन्द्वी देशका जासुसबाट पीडित छन् । यस्तो अवस्थामा अमेरिकामा फेरि एक व्यक्तिलाई चिनियाँ जासुस भएको आरोपमा पक्राउ गरिएको छ । १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी र अमेरिकाको अंगिकृत नागरिकतासमेत लिएकी ४० वर्षीय महिलालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

उनी न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलकी पूर्ववरिष्ठ सहयोगी लिन्डा सन हुन् । उनलाई फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले चिनियाँ एजेन्ट भएको आरोपमा मंगलबार पक्राउ गरेको हो । चीनमा जन्मेर अमेरिकाको अंगिकृत नागरिकता लिएकी लिन्डाले १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी थिइन् ।

गभर्नर होकल र उनी अघिका गभर्नर एन्ड्रयु कोमोसँग नजिक रहेर काम गरेकी लिन्डालाई एजेन्टका रूपमा चिनियाँ स्वार्थका लागि काम गरेको भनेर संघीय अभियोजनकर्ताले दर्ता गरेको अभियोगपत्रमा आरोप लगाइएको छ । त्यसको बदलामा लिन्डा र उनका व्यापारी श्रीमान् क्रिस्टोफर हुले चीनबाट दसौं लाख डलर पैसा, भ्रमण लाभ, विभिन्न कार्यक्रमका टिकट र पटक पटक विशेष प्रकारले पकाइएको हाँसको मासु लगायत फाइदा लिएको अभियोगपत्रमा दाबी गरिएको छ ।

भिसा ठगी, सम्पत्ति शुद्धीकरण र अन्य अपराधमा उनीविरूद्ध १० वटा फौजदारी अभियोग लगाइएको छ । उनका श्रीमानलाई सम्पत्ति शुद्धीकरणको मात्रै अभियोग लगाइएको द न्यूयोर्क टाइम्समा उल्लेख छ । चिनियाँ सरकारी अधिकारीहरूलाई अमेरिका भ्रमण गर्न र न्यूयोर्कमा राज्यका अधिकारीहरूसँग भेट सजिलो बनाउन गभर्नर कार्यालयबाट लिन्डाले अनधिकृत निमन्त्रणा पत्र उपलब्ध गराएको आरोप छ ।

गभर्नर लगायत राज्य सरकारका अधिकारीहरूसँग ताइवानका अधिकारीहरूलाई भेट्न नदिएको समेत आरोप लगाइएको उल्लेख छ । ६५ पृष्ठको अभियोगपत्रमा लिन्डाले कुन कुन मितिमा चीनलाई फाइदा पु¥याउन के के गरिन् भन्ने मात्रै उल्लेख छैन । अभियोगपत्रमा विशेष तरिकाले पकाइएको हाँसको मासु कहिले–कहिले पाएकी थिइन् भन्ने समेत विस्तृत रूपमा वर्णन गरिएको छ ।

सन् २०१९ मा ताइवानकी तत्कालीन राष्ट्रपति साइ इंग–वेनले न्यूयोर्क राज्यको भ्रमण गरेकी थिइन् । चीनले व्यापक विरोध गरेको सो भ्रमणमा ताइवानले आयोजना गरेको भोजमा तत्कालीन गभर्नर कोमोलाई पठाइएको निम्ता लिन्डाले कोमोसम्म पुग्नै नदिएको आरोप लगाइएको छ । ’मैले रोकिसकेँ’ भनेर त्यसबारे उनले एक चिनियाँ अधिकारीलाई लेखेको समेत अभियोगपत्रमा भनिएको छ ।

त्यस्तै, २०२१ मा सार्वजनिक सम्बोधन गर्दा गभर्नर होकलले बोल्ने विषय प्रभावित गरेर उनलाई चीनको सिनजियाङ प्रान्तका वीगरले भोगेको उत्पीडनबारे बोल्न रोकेको दाबी गरिएको छ । १४ वर्षे सेवा अवधिमा लिन्डा सन् २०२१ मा वर्तमान गभर्नर होकलको डेपुटी चिफ अफ स्टाफ भएकी थिइन् । सन् २०२३ मार्चमा खराब आचरणका कारण उनलाई पदमुक्त गरिएको थियो ।

तर पनि उनी राज्य सरकारकी अधिकारी रहिरहेको भन्दै केही महिनासम्म सार्वजनिक कार्यक्रममा सामेल भइरहेकी थिइन् । पछि अगस्टमा सरकारले त्यस्तो कार्य बन्द गर्नु भनेर पत्र लेखेपछि मात्रै उनले त्यस्ता गतिविधि बन्द गरेको आरोप उनीमाथि छ । लिन्डाले भने सबै आरोपहरू गलत भएको दाबी गरेकी छन् ।

चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले यस मुद्दाबारे विस्तृतमा जानकारी नभएको बताएका छन् । तर पछिल्ला वर्षहरूमा अमेरिकी सरकार र मिडियाले बारम्बार तथाकथित ’चिनियाँ एजेन्ट’ का कुरा उछालेको र तीमध्ये धेरै आरोप पछि गलत साबित भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । यता अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप अमेरिकाले लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसको राज्यद्वारा सञ्चालित मिडिया आरटी (पहिले रुस टुडे) ले टेनेसीको एक फर्मलाई ‘अमेरिकी दर्शकहरूका लागि रुसी सन्देशहरू उत्पादन गर्न र प्रसारण गर्न’ भनेर १ करोड अमेरिकी डलर प्रदान गरेको दाबी गरेका छन् ।

गारल्याण्डका अनुसार मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावमा ‘आफू अनुकूल नतिजा’ चाहन्छ । प्रतिबन्ध लगाइएका १० जना अधिकारीहरूमा आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि समावेश छ । बुधबार मात्रै चीनको राज्य सुरक्षा एजेन्सीले संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको थियो ।

एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् । गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका लागि प्राय कठोर र असामान्य तरिकाले बफादार चिनियाँहरूलाई प्रलोभनमा पार्न काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top