×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकी सिनेटमा नेपालमा महामारीको अवस्था र सहयोगबारे छलफल

३० बैशाख २०७८

३० वैशाख, एजेन्सी ।
अमेरिकी माथिल्लो सदन सिनेट अन्तर्गतको समितिमा नेपालमा कोरोना महामारी तथा सम्भावित भयावह अवस्था रोक्नका लागि भइरहेको प्रयास एवम् गर्न सकिने सहयोगबारे छलफल भएको छ ।

सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कोरोना भाइरसको महामारी र नियन्त्रणका लागि भइरहेको अन्तर्राष्ट्रिय प्रयासका सम्बन्धमा बुधबार (नेपाली समय अनुसार बुधबार राति) सुनुवाई भएको हो ।

त्यसक्रममा केनटिकटका सिनेटर क्रिस मर्फी तथा न्यूह्याम्सरकी सिनेटर जीन शहीनले नेपालमा गम्भीर बन्दै गएको अवस्थालाई लिएर अमेरिकी सहयोग नियोग (युएसएड) का प्रतिनिधि जेरेमी कोनियनडिकसँग ब्रिफिङ्ग मागेका हुन् ।

सिनेटर मर्फीले भारत महामारीको विश्वव्यापी इपिसेन्टर बनिरहेको अवस्थामा छिमेकी देश नेपालमा त्यो अवस्था आउन नदिनका लागि के भइरहेको छ भनेर सोधेका हुन् ।

उनले युएसएडका प्रतिनिधि जेरेमीलाई नेपालबारे प्रश्न गर्दै भनेका छन्, ‘त्यहाँ भारतीय आपूर्तिकर्ताकाट आइसियूबेड, अक्सिजन बेड तथा भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आपूर्ति हुन सकेको अवस्था छैन ।

हालै झण्डै एक करोड डलर बराबरको कोभिड सम्बन्धी सहयोगको घोषणा त भयो, त्यस बाहेक के गरिरहेका छौँ नेपालमा भारतको जस्तो अवस्था नआओस् भन्नका लागि ?’

सिनेटर मर्फीले अहिले नेपालको अवस्था भारतको जस्तो भयावह नरहे पनि त्यस दिशामा रहेकाले तत्काल सहयोगका लागि के भइरहेको छ भनेर सोधेका हुन् ।

जवाफमा युएसएडका जेरेमीले नेपाललाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको र आफू निरन्तर परामर्श र सम्भावित सहयोगका लागि जुटिरहेको बताए ।

उनले भने, ‘हालसम्म हामीले नेपाललाई कोभिड–१९ सम्बन्धी विभिन्न सामग्रीमार्फत २३।७ मिलियन भन्दा धेरै सहयोग गरेका छौँ । थप सहयोगका लागि काम भइरहेको छ ।’

उनले थप हामी सहयोगका लागि तयारी गरेको बताउँदै भने, ‘त्यहाँको (नेपाल) समस्या कम परीक्षण हो । हामीले त्यसका लागि आवश्यक सामग्रीसहित अरु सहयोगका लागि पनि छलफल भइरहेको छ । नेपाल प्राथमिकतामा छ ।’

यस्तै सिनेटर शहीनले न्यूह्याम्सरका नेपाली समुदायबाट नेपालमा महामारीको अवस्था भयावह बन्दै गएको र तत्काल सहयोगको खाँचो रहेको सुनेको भन्दै चासो व्यक्त गरेकी हुन् ।

उनले सुनुवाईको क्रममा भनेकी छन्, ‘नेपालको अवस्थाबारे समाचारहरुमा हेडलाइन बनेको छैन होला तर त्यहाँ संक्रमणदर उच्च रहेको सुनेकी छु, के भइरहेको छ सहयोगका लागि?’

जवाफमा जेरेमीले नेपाल आफूहरुको सहयोग सूचिमा प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाली युवा तथा भ्याक्सिन फर नेपालसहितका अभियान मार्फत नेपाललाई खोपसहितका अत्यावश्यक सामग्री सहयोग गरिदिनका लागि पहल गर्न अमेरिकालाई पछिल्लो समय समाजिक सञ्जाल तथा खुला अपील मार्फत झकझक्याउँदै आएको अवस्थामा सिनेटरहरुले नेपालबारे चासो व्यक्त गरेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top