×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकी सीमामा आतंकबादी हमला हुने ट्रम्पलाई आशंका

१५ माघ २०८०

१५ माघ, एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सीमा नजिकै ठूलो आतंकबादी हमला हुन सक्ने आशंका ब्यक्त गरेका छन् । ट्रम्पले सामाजिक संजालमा यसबारे पोस्ट गरेका छन् । यो पोस्टमा ट्रम्पले लेखेका छन्, अमेरिका–मेक्सिको बोर्डरमा भइरहेको सम्झौताले विध्वंश निम्त्याउन सक्छ ।

उनले अमेरिकाको दक्षिणी बोर्डरलाई विश्व इतिहासमा सबैभन्दा खराब रहेकोबताउँदै सो क्षेत्रमा ठूलो आतंकबादी हमला हुनसक्ने बताएका हुन् । सोशल मीडिया प्लेटफर्म ट्रुथमा उनले लेखेका छन्, ’तीन वर्ष पहिलेसम्म हाम्रा सीमाहरु अमेरिकाको इतिहासमा सबैभन्दा मजबूत र सुरक्षित थियो । आज भने विध्वंश पर्खिएर बसेको छ । यी विश्वकै इतिहासमा सबैभन्दा खराब सीमाहरु भएका छन् र यो हाम्रालागि खुला घाउजस्तै हो ।

ट्रम्पले लेखेका छन्, ’सिंगो विश्वभरका आतंकबादीहरु हाम्रो देशमा विना कुनै जाँच प्रवेश गरिरहेका छन् । १०० प्रतिशत आशंका छ कि अमेरिकामा सीमा नजिक कुनै ठूलो आतंकी हमला हुनसक्छ ।’ पूर्व राष्ट्रपतिले यस्तो आशंका जनाइरहँदा यता हालका राष्ट्रपति जो बाइडेनले भने यूएस–मेक्सिको बोर्डरका लागि अमेरिकी संसदमा सम्झौताको कुरा गरिरहेका छन् ।

तर ट्रम्पले भने रिपब्लिकन पार्टीका सांसदहरुसंग यस्ता कुनै पनि सहमति, सम्झौतामा सहभागि नहुन अपिल गरिरहेका छन् । उनले भनेका छन्, एक खराब सम्झौताभन्दा कुनै पनि सम्झौता नहुनु ठिक हो । डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रूपले आइरहेका शरणार्थीहरुको मुद्यामा जो बाइडनलाई घेरी रहेका छन् ।

ट्रम्प अमेरिकामा आप्रवासनको विरुद्धमा छन् । उनी त्याहा रहेका अवैध आप्रवासीहरुलाई तत्काल फिर्ता उठाउनुपर्ने पक्षमा छन् । यो वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पनि अवैध शरणार्थीको मुद्दा सबैभन्दा महत्वपूर्ण हुने ठानिएको छ ।

राष्ट्रपति बाइडेन डेमोक्रेटिक पार्टीबाट आगामी चुनावमा प्रतिस्पर्धी बन्ने छन् भने रिपब्लिकनबाट ट्रम्पले दाबेदारी गरिरहेका छन् । यो दाबेदारीमा ट्रम्पविरुद्ध निक्की हेलीपनि प्रतिस्पर्धामा छिन् भने ट्रम्पविरुद्ध अदालतमा समेत उम्मेदवार बन्न नदिने गरिको मुद्धा विचाराधीन रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top