Nepal Times
Nepal Times
3
Shares

अरबमा टिकट काट्न पैसा नहुनेहरु जहाज हेरेर दिन कटाउँदै

अरबमा टिकट काट्न पैसा नहुनेहरु जहाज हेरेर दिन कटाउँदै

योगेन्द्र योगी
३१ असार, दोहा ।

सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन हालसम्म करिव २६ हजार नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गरिसकेको छ ।

तर खाडी मुलुकहरुमा पैसा नभएर स्वदेश फर्कन नसकेका नेपालीहरुको कथा भने फरक छ । बिगत केहि बर्षदेखि साउदी अरबमा काम गर्दै आएका नवलपरासीका सिताराम पाण्डे कोरोनाको कारण कम्पनी बन्द भएपछि लामो समय देखि काम बिहिन भएर कोठामा बस्न बाध्य छन् ।

पाण्डेका भनाइ अनुसार स्वदेश फर्कनै पर्ने भएकाले अनलाइन फारम भर्नु पर्ने भनेर साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम पनि भरे नामवालीमा नाम पनि आयो गत जुन १९ मा साउदीको दमामबाट उडान थियो तर के गर्नु आफू संग टिकेट काट्ने पैसा पुगेन ।

उनले भने “मसंग १ हजार साउदी रियाल मात्र थियो टिकेटको लागि मलाई १७४४ रियाल चाहिने थियो जस्तो तसो कम्पनीले खाना दिएपनि टिकेट काट्ने पैसा नभएको कारण अहिले हरेक दिन आकाशमा उड्ने जहाजलाई हेरेर दिन कटाई रहेको छु ।”

दूतावासमा आफूसंग टिकेट काट्ने पैसा नपुगेको जानकारी गराए पनि टिकेट सस्तो भएपछि घर जानु भन्दै दूतावासले फोन राखेको उनले बताए ।

यता, कतारमा पनि खान बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरुकोमा आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतोको समस्या पनि उस्तै छ ।

टिकेट काटेकाहरुको समस्या पनि उस्तै

खाडीमा कोरोना सुरु हुनु भन्दा अघिनै टिकेट काटेर स्वदेश फर्किने तयारीमा रहेको तर कोरोनाको उडान बन्द भएपछि फर्किन नपाएकाहरुको पिडा पनि उस्तै छ ।

मोरङका दुर्गा प्रसाद कोइरालाले पहिले नै घर फर्किन टिकेट काटे तर पछि कोरोना सुरु भएपछि उडान बन्द भयो । तीन महिना देखि काम बिहिन भएर कोठामै बस्न बाध्य भएकोले अहिले खानाको समस्या हुन थालेको उनले बताए।

उनका अनुसार एक पटक कतारस्थित नेपाली दूतावासमा पुगेर आफ्नो समस्या सुनाएको र दूतावासले हुन्छ पछि हामी आफैले सम्पर्क गर्नेछौँ भनेको थियो अहिलेसम्म सम्पर्क गरेको छैन ।

आफू जस्तै टिकट काटेर बसेका धेरै नेपालीहरु समस्यामा छन् । सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ ।सरकारले थप गरेको उडान तालिका अनुसार खाडीका ६ वटा मुलुकबाट ४२ वटा उडान हुदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.