×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

१ बैशाख २०७९

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

गतवर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुनपुग्यो । विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘व्यवस्थापिका निकम्मा हुनपुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशःआप्mनो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुनपुगेको छ ।’

नयाँ वर्षको शुभकामना

आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् बैशाख १ गते । यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छौँ । यस सुखद् अवसरमा म, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।

विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आप्mनो स्वतन्त्र पहिचान गुमाउँदै छ ।

संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।

यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ । यस सन्दर्भमा विज्ञहरुद्वारा विभिन्न कोणबाट प्रस्तुत आंकडा दोहर्याउन आवश्यक ठान्दिनँ । सङ्क्षेपमाः
– हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र अहिले भत्किएको छ । तर गठबन्धनवालाहरुको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ ।
– मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ । मूल्य अनुगमन नगर्दा जथाभावी मुल्य वृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम जारी छ ।

– देशको आयात अनियन्त्रित ढंगले वढेको छ । मुलुकको समग्र वाह्य कारोवारको भुक्तानी असन्तुलन भयावह हुँदैछ । विदेशी मुद्रा संचितिमा पहिरो गइरहेको छ । चालू खाता घाटा र वैदेशिक व्यापार घाटा देशले धान्न मुस्किल हुने तहमा पुगिसकेको छ ।

– बैंकिङ प्रणालीवाट वाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । तरलताको संकट भयावह हुँदैछ । सरकार यसको कारणको खोजीमा होइन, अरुमाथि दोष थोपरेर उम्कन खोजिरहेको छ ।

– गठबन्धन सत्तासीन भएदेखि नै सरकारी वित्त प्रणालीमा अनिश्चयता र अन्योल शुरु भयो । प्रदेशको वित्त स्थिति त्यस्तै निराशाजनक हुन पुग्यो ।

– सरकारी नीति संगतिपूर्ण छैनन् । सहि राजनीतिक नेतृत्वको अभावमा सरकारी सेवा प्रवाह गर्ने संस्थाहरु अस्तव्यस्त बनेका छन् । उल्टै चुनावी खर्च उठाउने

– जस्ता निहीत स्वार्थ अनुकूल कर्मचारीतन्त्र परिचालन गर्ने ध्याउन्नमा गठबन्धन सक्रिय देखिन्छ ।

– अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा पुगेको छ । गठबन्धन सरकार भूमाफिया, काला व्यापारी र तस्करहरुको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ । सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ ।

– सरकारले साख गुमाएको छ । विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ । निजी क्षेत्र यो सरकारवाट निराश छ ।

– सरकारी निकायबीच नै समन्वय छैन । सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्ने सरकार उल्टो वाटोमा हिंड्दै छ ।

– यो गठबन्धन सत्तासीन भएदेखि अहिलेसम्म एउटा पनि नयाँ परियोजना शुरु भएको छैन । ‘मासिक १० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने’ फुटानी लगाउने यो गठबन्धनले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ प्रतिशत भन्दा माथि खर्च गर्न सकेको छैन । यसरी अहिले, आर्थिक बृद्धि त परै जाओस्, देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता व्याप्त छ ।

– तर ‘सेटिङ्–सिद्धान्त’मा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खवरदारीलाई मनन गर्नुको साटो प्रतिवादमा उत्रिएको छ । तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र “दुरुस्त छ” भन्ने झुठा सूचना प्रवाह गरिरहेको छ ।

– अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन् । सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कार्वाही रहेको छ ।

प्रतिकुलताका वाबजुद वितेको बर्षमा हाम्रो पार्टी नेकपा ९एमाले० पुनर्ताजगीका साथ अघि बढेको छ । गत असोजमा भएको विधान महाधिवेशन, त्यसपछि भएका वडा र पालिका अधिवेशन, दशौं राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनबाट झण्डै ४ लाख हाम्रा संगठनमा संगठित सदस्यहरुको नेतृत्वमा पार्टी गतिशीलताका साथ अघि बढिरहेको छ ।

०७५ जेठ ३ गतेको एकीकरणपछि निस्क्रिय पारिएको हाम्रो पार्टी पंक्ति नयाँ जोशका साथ अघि बढिरहेको छ । अहिले देशव्यापि रुपमा हाम्रो पार्टीको पक्षमा अभुतपूर्व जनलहर देखिएको छ । विभिन्न पार्टीमा रहेका दिदीबहिनी–दाजुभाइहरुको हाम्रो पार्टीमा प्रवेश गर्ने चाहना असाधारण छ ।

हामीले यो लहर र जनचाहनालाई हाम्रो पार्टीको सही नीति र हाम्रो नेतृत्वप्रति जनताको भरोसाको रुपमा लिएका छौं । नेतृत्वमा रहेका केही स्वार्थी तत्वले शुरु गरेको पार्टी र आन्दोलनलाई तहसनहस पार्ने प्रायोजित षडयन्त्रलाई जनस्तरबाट परास्त गर्न पार्टीका कार्यकर्ता, सदस्य, समर्थक र सशुभेच्छुकहरुले खेलेको सुझबुझपूर्ण भूमिका र दृढतालाई म फेरी एकपट सलाम गर्छु, उच्च प्रशंसा गर्दछु ।

यो वर्ष निर्वाचनको वर्ष हो । गठबन्धनवालाहरु जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने ठाउँमा छैनन् । जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो । ‘ताजा जनादेश’ भन्ने शव्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् । यिनीहरुले ‘राष्ट्रिय नीति तथा कार्यक्रम’को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको ‘भण्डाफोर गर्ने’लाई अघि बढाएका छन् ।

पार्टीमाथि धावा बोलिएको क्षण, आम रुपमा पार्टी कमिटी निष्क्रिय तुल्याइएको बेला, आवश्यक परेको समयमा पार्टीको राजनीतिक नेतृत्वको अभाव रहेको अवस्थामा समेत पार्टी नीति तथा प्रतिवद्धता अनुरुप हाम्रो नेतृत्वमा रहेका स्थानीय तहबाट आधारभूत रुपमा प्रभावकारी काम भयो । हाम्रा लागि आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु पर्दैन ।

विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् । गर्न बाँकी र अनुभवबाट खारिएर समाजवादको आधार तयार गर्न हामीले आगमी दिनमा गर्ने कामका प्रतिवद्धता जनताको मन जित्ने हाम्रा आधार हुन् । आसन्न निर्वाचनमा प्रकट हुने जनादेश छली, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेश मार्फत् लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टीजस्तो अग्रगामी शक्ति, कसलाई छान्ने भन्नेजस्तो देशको भविश्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुनेछ ।

अहिले पनि विभिन्न बहानामा हिजो स्थानीय तहको निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयासमा असफल रहेका शक्तिहरु चुनाव रोक्ने प्रपञ्च रचिरहेका छन् । हामी खबरदारी गर्न चाहन्छौं, कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हो र यो किमार्थ स्वीकार्य हुन सक्दैन ।

नयाँ बर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु । विश्वास छ, मुलुक निर्माणको प्रथमिकताबाट विमूख ब्यक्ति र समूहहरुका निहीत स्वार्थद्वारा सिर्जना गरिएका अवरोधलाई छिचोल्न, राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुको हामीलाई साथ सहयोग प्राप्त हुनेछ ।
नयाँ वर्ष सम्बत् २०७९ को पुनः हार्दिक शुभकामना ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top