×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अलपत्रको उद्धार र परीक्षण बढाउन सांसदहरुको माग

२६ बैशाख २०७७

२६ बैशाख, काठमाडौँ ।
राष्ट्रिसभाका सांसदहरुले नेपालमा पिसिआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित उद्धार गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको छैठौँ अधिवेशनमा बोल्ने सांसदहरुले पिसिआर परीक्षण न्यून रहेको र विदेशमा रहेका नेपालीहरु समस्यामा परेकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले पीसिआर परीक्षणलाई ब्यापक बनाउन सरकारसँग आग्रह गरे । भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरु अलपत्र परेको, उपचार तथाा श्रम गर्न गएका नागरिकहरु भारत मै अलपत्र रहेकाले उनीहरुको उद्धारका लागि ध्यान दिन पनि उनले आग्रह गरे । साथै प्रवासमा रहेका नेपालहरुको विषयमा ध्यान दिन पनि उहाँले सरकारसँग आग्रह गरे । शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई परिवर्तित परिस्थित अनुसार ल्याउनुपर्नै बताए । १० औं लाख युवाहरु विदेशमा रोजगारी गुमाएर सीमसहित स्वदेश फर्किने भएकाले उनीहरुको व्यवस्थापन हुनेगरी बजेट आउनेमा आफु विश्वस्त रहेको उनले बताए । अब कृषि क्षेत्रलाई पहलिो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेस दलका नेता राधेश्याम अधिकारीले कोरोना महामारीका कारण मुलुकको अवस्था अन्यौलग्रस्त बनेको उल्लेख गर्दै स्वास्थ्य सामग्री अभावमा पर्याप्त परीक्षण हुन नसकेको बताए । सीमा क्षेत्र र प्रवासमा रहेका नेपाली नागरिकहरुलाई कसरी भित्र्याउने भन्ने विषयमा सरकारको कुनै योजना नरहेको उनले बताए । नागरिकको स्वदेश फर्किने पाउने अधिकारमाथि अवैध बन्देज सरकारले लगाएको आरोप सांसद अधिकारीले लगाउनुभयो । रेमिट्यानसमा चलेको मुलुकको सरकारले श्रमिकका पीडाहरु बुझ्न नसक्नु दुःखद रहेको उनको भनाई छ । योजनावद्ध रुपमा समयतालिका बनाएर स्वदेश फर्काउने कुरामा आश्वस्त पार्न नसके आफ्ठ्यारो परिस्थितिमा सरकारले आफ्नो उपस्थिति जनाउन सक्दैन भने सरकार किन चाहियो भन्ने प्रश्न उठ्ने उनले बताए । लक डाउनको डेढ महिना वितेपनि पर्याप्त स्वास्थ सामग्री ल्याउन नसक्नु, सामान खरिदमा अनियमितताका कुरा बाहिर आउनु दुःखद भएकोले दैव भरोसा बाँच्नुपरेको उनले बताए । परीक्षणको दायरा बढाउनुपर्ने, औषधि लगायत आवश्यक सामग्री यथसिघ्र उपलब्ध गराउनुपर्ने र भारत लगायत तेस्रो मुलुकमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित फर्काउने व्यवस्था गर्न उनले सरकारसँग माग समेत गरे । एसईई लगायतका परीक्षा सञ्चालनको विषयमा समेत प्रष्ट पार्न पनि उहाँले सरकारको ध्यानकर्षण गराए । आगामी आर्थिक वर्षको बजेट कृषिलाई टेवा पुग्ने गरी ल्याउन नसकिए भोकमरीको समस्या हुन सक्ने उनले बताए । विदशेबाट आउने श्रमिकलाई ध्यान दिएर आगामी योजना बनाउन पनि उहाँले सरकारलाई आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता प्रमिला कुमारीले नेपालमा प्रयाप्त पिसिआर परीक्षण नभएकाले वास्तविक संक्रमितको तथ्याङ्क आउन नसकेको बताइन् । भारतसँग सीमा जोडिएका तराईका क्षेत्रमा संक्रमणको उच्च जोखिम रहेकाले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरिन । सांसद प्रमिला कुमारीले कोरोना रोकथामका लागि सरकारले छुट्टै ऐन कानून बनाएर अगाडी बढ्नुपर्नेमा दल फुटाउने कानून ल्याउन तर्फ सरकार अग्रसर भएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको इस्र्यालु र संकिर्ण स्वभाव छर्लंग भएको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सुझबुझ नभएको महिला भएको समेत बताइन् । राहत वितरण कार्यकर्तामुखि भएको, विदेशमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्नुको सट्टा सरकार कमिसनमा रमाएको आरोप उनले लगाइन् । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मासिक तलब दोब्बर बनाउनुपर्ने, जीवन बिमाको व्यवस्था र आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापन समेत गर्न आग्रह गरिन् । यस्तै सुरक्षाकर्मी र कोरोना नियन्त्रणका लागि खटिएका अन्य व्यक्तिहरुका लागि विशेष प्याकेज ल्याउन पनि आग्रह गरिन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top