×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अलपत्र सडकमा कुलमानको कडाइ

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका मन्त्रीहरू मध्ये काम गर्न सबै भन्दा अग्र पंत्तीमा देखिएका छन् मन्त्री कुलमान घिसिङ । राजनीतिक कुरामा कम प्रतिक्रिया दिने मन्त्रीको प्राथमिकता पदमा बसेका दिनदेखि नै भौतिक विकास निर्माण परेको छ ।

भत्केका राजमार्गका सडक हुन या बषौं सम्म अलपत्र परेका आयोजना हुन घिसिङ दत्तचित्त भएर त्यसलाई बनाउन लागि पर्दै आएका छन् । सरकारका सबैभन्दा सक्रिय र कार्य दक्ष मन्त्रीका रूपमा देखिएका कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्रालय समेत सम्हालेका छन्।

वर्षौँदेखि निर्माण नपुगेका, गुणस्तरहीन र म्यादैपिच्छे बढाइएका ठेक्कामाथि कारबाहीका लागि घिसिङले मातहतका निकायलाई कडा निर्देशन दिएका छन्। बाढी–पहिरोले सडक अवरुद्ध हुँदा समयमै मर्मत गर्न राजमार्गमा नै पुगेर निर्देशन दिन समेत भ्याउँछन् ।

मन्त्रीकै निर्देशनमा सडक विभागअन्तर्गतका विभिन्न डिभिजन कार्यालयहरूले पहिलो चरणमै २५ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । जसमा पुष्पलाल (मध्य पहाडी) राजमार्ग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले शुक्रवारदेखि आइतबारसम्म ठेक्का तोड्ने तयारीसहित सूचना सार्वजनिक गरिएको छ ।

काठमाडौँ सडक डिभिजनले सात, ओखलढुङ्गा र अछामले पाँच–पाँच, पाल्पाले चार, धनकुटा, पोखरा, मध्य पहाडी तथा गोरखा सडक योजनाले एक–एक ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन्।

विभागका अनुसार सडक क्षेत्रमा मात्रै हाल २५८ ठेक्का रुग्ण अवस्थामा छन्। ठेक्का सम्झौताअनुसार पटक–पटक म्याद थपेर पनि काम नगर्ने र ठेक्का उल्लङ्घन गर्ने व्यवसायीहरूलाई अन्तिम चेतावनी दिँदै विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ।

सूचना अनुसार ठेकेदारले १५ दिनभित्र काम सुरु गर्न सक्ने संशोधित कार्य तालिका, स्रोत–साधन परिचालनको भरपर्दो योजना र कार्यसम्पादन प्रतिबद्धता पेस गर्नुपर्नेछ।

त्यो अवधिभित्र पनि काममा तदारुकता नदेखाएमा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का सम्झौता अन्त्य गरी ठेकेदारलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत र धरौटी जफत गर्ने तथा पेस्की रकम ब्याजसहित असुल गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

मन्त्री घिसिङले ठेक्का लिएर जनताको ढुकुटीमा खेलबाड गर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्र् अब सह्य हुने चेतावनी दिएका छन् । विकासमा ढिलाइ गर्ने जो–कसैमाथि पनि सरकारले कठोर कदम चाल्ने उनको भनाइ छ ।

उनको यो ‘एक्सन मोड’ले लामो समयदेखि राजनीतिक संरक्षणमा सुरक्षित ठेकेदारहरूमा हल्ला ल्याएको छ। भौतिक पूर्वाधार र ऊर्जा दुवै मन्त्रालय सम्हालेका घिसिङ अब ठेक्का प्रथाको सुधारलाई सरकारको मुख्य प्राथमिकता बनाउने तयारीमा छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top