Nepal Times
Nepal Times
3
Shares

अलीलाई पदबाट तत्काल हटाउन कांग्रेस नेता कोइरालाको माग

अलीलाई पदबाट तत्काल हटाउन कांग्रेस नेता कोइरालाको माग

२१ चैत, विराटनगर । असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तत्काल हटाउन कांग्रेस नेता शेखर कोइरालाले माग गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गरी अनलाइन मिडियाको साइट ह्याक गर्ने अलीलाई पद मुक्त गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

अलीको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौं प्रेस’ को साइट ह्याक गरी समाचार हटाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘संसारमै नहुने यस्तो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संसारमा कही र कतै पनि प्रकाशित समाचारलाई लिएर विमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन्।’

सिरान टेक्नोलोजीले घटनाप्रति माफी मागिसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनुको विकल्प नरहेको कोइरालाले जनाएका छन् । अलीको कम्पनीसँग २२ वटा वाणिज्य बैंक र २६ वटा वित्तिय संस्थाको गेटवे रहेकाले लाखौं नेपालीले आफ्नो दुःख, परिश्रम गरी जम्मा गरेको अर्बौ रूपैयाँ जोखिममा रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.