×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अलैँचीलाई विषादीमुक्त बनाउन जोड

६ पुष २०७४

ताप्लेजुङ, ६ पुस
अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष यताकै बढी उत्पादन हो । गत वर्ष दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

चालु आर्थिक वर्ष २०७४÷७५ मा चार हजार २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । हालको बजार भाउअनुसार यस वर्षको उत्पादनले जिल्लामा रु दुई अर्ब बढी भित्रने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मित्रलाल पौडेलले बताउनुभयो ।

अहिले जिल्लामा अलैँची प्रतिमन (४० किलो) रु २८ हजारका दरले कारोबार भइरहेको छ । प्रमुख नगदेबालीका रुपमा परिचित अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको र खेती व्यवस्थापनमा समेत सुधार हुँदै गएकाले उत्पादनमा वृद्धि भएको पौडेलले बताउनुभयो । केही वर्षअघि अचानक भएको मूल्य वृद्धिपछि यहाँका अधिकांश कृषकले अन्न उब्जनी हुने खेतबारी मासेरै अलैँची खेती गरेका थिए । अहिले पनि पाखो जग्गादेखि करेसाबारीसम्म सिँचाइको व्यवस्थापन गरेर किसानले अलैँची खेती विस्तार गरिरहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार आव २०६९÷७० मा दुई हजार ६५५ हेक्टरमा गरिएको अलैँची खेतीबाट एक हजार ७२६ मेट्रिक टन, आव २०७०÷७१ मा तीन हजार ११२ हेक्टरमा एक हजार ६८०, आव २०७१÷७२ मा तीन हजार ९५० हेक्टरमा एक हजार ४१०, आव २०७२÷७३ मा चार हजार १५० हेक्टरमा दुई हजार ४९० तथा आव २०७३÷७४ मा चार हजार २०० हेक्टरमा दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

बर्षेनी खेती विस्तारसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । अघिल्ला वर्षमा रोग लागेर सखाप भएको बगानमा पुनः नयाँ बिरुवा लगाएपछि र खेती व्यवस्थापनमा थप मिहेनत गरेपछि उत्पादन बढेको कृषकले बताएका छन् ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top