×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

१३ आश्विन २०७६

१३ असोज, उदयपुर  ।

चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दसैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ ।

बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दसैँ नजिक आउँदै गर्दा जनजीवन कष्टपूर्ण बन्न पुगेको लिम्चुङबुङ गाउँपालिका बासबोटेका लोकबहादुर राईले बताए । गत असारको अन्तिम हप्ता आएको भीषण वर्षाले भत्काएको मुर्कुची लिम्चुङबुङ सडकखण्ड बन्द भएको एक महीनापछि बल्ल भदौको पहिलो हप्ताबाट सुचारु भए पनि पुनः वर्षाका कारण बन्द हुन पुगेको लिम्चङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राई बताए।

सडक अवरुद्ध भएर यातायात बन्द हुन पुगेपछि दसैँका लागि आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तुको अभाव शुरु भएको पनि सो गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । दसैँको बेला आवश्यक पर्ने चामल, चिनी, तेल, लत्ताकपडादेखि अन्य उपभोग्य वस्तु खरीद गर्ने बेलामा पुनः सडक अवरुद्ध भएपछि यस क्षेत्रको जनजीवन पुनः कष्टकर बन्न थालेको सो गाउँपालिका–४ बलाम्ताका डिकबहादुर राई बताउँछन् ।

राईका अनुसार अहिले सडक अवरुद्ध हुन पुगेपछि लिम्चुङबुङ गाउँपालिकाको माझखर्क, बराह, बासबोटे, ताम्लिछा, बलाम्ता, लाकु, जाँतेलगायतका गाउँको जनजीवन कष्टकर बन्न पुगेको हो । साउन महीनामा सडक अवरुद्ध हुँदा खाद्यान्नको अभावका कारण प्रदेश नम्बर १ सरकारको सहयोगमा हेलिबाट ५१ क्विन्टल चामल दाल, तेलसहितका उपभोग्य वस्तु ढुवानी गरेर यस क्षेत्रको जनताको तत्काल खाद्यान्नको समस्या समाधान भएको थियो ।

भदौको पहिलो हप्ताबाट सडक सुचारु भएर यातायातका साधन सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएपछि फेरि दसैँ नजिक आएसँगै आएको वर्षाको कारण सडक अवरुद्ध भएको हो । स्थानीय जगतबहादुर बुढाथोकी भने, “बल्ल दसैँको समयमा चामल, तेल, मसला र नानीहरुका लागि लत्ताकपडासहितका दैनिक उपभोग्य वस्तु किन्नुपर्ने बेला सडक अवरुद्ध हुन पुग्यो, यसपटकको दसैँ पुनः खाद्यान्न सङ्कटको अभावमा बित्ने अवस्था आएको जस्तो छ ।”

गाउँपालिकाका जनप्रतिनिधि भन्छन्, “अस्ति असारको वर्षाले सडक भत्काएर खाद्यान्न अभाव भयो, प्रदेश सरकारले हेलिकप्टरबाट चामल ढुवानी गरेर सहयोग गरेपछि जनताले राहत पाए, अवरुद्ध सडक रु ५० लाखभन्दा बढी खर्च गरेर खुलायौँ र जनजीवन बल्ल सहज भएको बेला फेरि वर्षाले भत्किएर अवरुद्ध भयो, अब दसैँले छोपिसक्यो, सडक अवरुद्ध हटाउन पनि दसैँअघि नसकिने अवस्था छ, जनतालाई खाद्यान्नको पनि आवश्क छ, फेरि समस्यामा परेका छौँ ।”रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top