Nepal Times
Nepal Times
3
Shares

अवहेलना मुद्दामा सर्वोच्चलाई प्रचण्डले बुझाए लिखित जवाफ

अवहेलना मुद्दामा सर्वोच्चलाई प्रचण्डले बुझाए लिखित जवाफ

१६ फागुन, काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् ।

दाहाल आइतबार बिहान ११ बजेतिर सर्वोच्च पुगेका हुन् । दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

दाहालविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए । निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.