Nepal Times
Nepal Times
3
Shares

अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्रीको चुनौती

अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्रीको चुनौती

१६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले नागरिकको आशीर्वाद लिएर आउँदो चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए ।

औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र नागरिकलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

कार्यक्रममा उनले एकैदिन पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए । अहिले मासिक तीन हजार रुपैयाँ रहेको ज्येष्ठ नागरिकको भत्ता अरू बढाइने पनि उनले घोषणा गरे ।

नेपाललाई गरिब देशबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.