Nepal Times
Nepal Times
3
Shares

अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

२ वैशाख, पोखरा ।
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो ।

चालु अधिवेशन अन्त्य भए पनि बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्री गुरुङलाई सजिलो भने छैन । गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो ।

३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.