Nepal Times
Nepal Times
3
Shares

अवैधानिक शुल्कलाई लिएर मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलीत

अवैधानिक शुल्कलाई लिएर मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलीत

२ असोज, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरी आन्दोलीत भएका छन् । कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेपछि उनीहरु आन्दोलनमा उत्रन बाध्य भएका हुन् ।

विद्यार्थीहरुले ६ दिनदेखि गण्डकी मेडिकल कलेजको पढाइ ठप्प गरेको विद्यार्थी नेता अनित सिन्हाले बताए ।

बुधबार विद्यार्थीहरुले प्रदर्शन गर्दै आफ्नै निर्देशन कार्यानन्वय नगराएको भन्दै शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको राजिनामा मागेका छन् । मन्त्रीको राजीनामा लगायतका माग लेखिएका प्ले(कार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन पनि गरेका थिए ।

कलेजले लिने अवैधानिक शुल्क विरुद्ध गएको माघमा पनि गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले यस्तै आन्दोलन गरेका थिए ।

मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई काठमाडौ बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ ।

तर निजी मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिन्छन् । भर्ना हुने बेलामा विद्यार्थीलाई चेपुवामा पारेर उनीहरुले एमविविएस पढ्न थप १२ लाख र नर्सिङ पढ्न थप चार लाख सम्म रकम उठाउँछन् ।

आइओएमले मन्त्रीपरिषदले तोकेको शिक्षण शुल्क बाहेक निजी मेडिकल कलेजहरुले परिक्षा शुल्क २५,०० रुपैयाँ र रजिस्ट्रसन शुल्क पाँच सय रुपैयाँ मात्र लिन पाउने सार्वजनिक सुचना जारी गरेको छ । त्यस्तै विद्यार्थी होस्टलमा भर्ना भए खाना र बसेको शुल्क मात्र कलेजले लिन पाउछ । कलेजहरुले लिएका अन्य सबै शुल्क अवैधानिक हुन् ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाल सरकारबाट तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेजलगायत कलेजहरूले सम्बन्धित विद्यार्थीहरूलाई एक महिनाभित्र शुल्क फिर्ता गर्ने । विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिहरूले शुल्क फिर्ताको अनुगमन गर्ने ।’

मन्त्रालयले दिएको निर्देशनको पालना नभएपछि विभिन्न मेडिकल कलेजमा विद्यार्थी फेरी आन्दोलित भएका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थी पनि दुई सातादेखि आन्दोलनमा छन् । पढाई ठप्प छ । आन्दोलनरत विद्यार्थीलाई त्यहाँ पनि पुलिसले धरपकड गरेको छ ।

शिक्षा मन्त्रालय आफैंले दिएको निर्देशन पालना गराउन चासो नदेखाएपछि विद्यार्थीहरुले शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नै राजीनामा मागेका हुन् । चितवनमा पनि बुधवार विद्यार्थीहरुले पोखरेलको राजिनामा मागेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.