Nepal Times
Nepal Times
3
Shares

अशाेक दर्जीकाे जीवन फेरीयाे ःसडकबाट विद्यालय

अशाेक दर्जीकाे जीवन फेरीयाे ःसडकबाट विद्यालय

विराटनगर ः आफ्नो कलाका कारण युटुबमा हिट बनेका अशोक दर्जीको जीवनमा परिर्वतन आएको छ । पहिले सडकमा गाउँदै हिँड्ने यी ९ बर्षे बालक यतिखेर विद्यालयमा छन् ।
उनी झापाका बिभिन्न शरणार्थी शिबिर तथा सडकमा गाउँदै पैसा संकलन गर्थे । सडकबाट निस्किएर स्टुडियोभित्र पनि छिरिसकेका उनका आफ्नो स्वर भरिएका अधिकांश गीतको भिडियो ट्रेनिङमा छन् । आफ्नो युटुब च्यानलको प्रमोशनका लागि संगीतकार टंक बुढाथोकीले त काठमाडौं नै लगेर गीत रेकर्ड राराईदिए । उनका रेकर्डका क्रममा खिचिएका भिडियो हरु अहिले चर्चामा छन् ।
उर्लाबारीमा रहेको यूट्युब च्यानलले अशोक दर्जीको प्रतिभा उजागर गरेपछि उनलाई बिभिन्न ठाउँबाट सहयोग जुट्न थालेको छ । सहयोग स्वरुप उर्लाबारीको बेथेल एकेडेमीले उनलाई १० कक्षा सम्म पढाईदिने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.