×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या

२८ बैशाख २०७५

पर्थ, अष्ट्रेलिया, २८ वैशाख ः पश्चिम अस्ट्रेलियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ ।

एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन ।

सो गोली प्रहारमा चार बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको छ । पर्थको दक्षिणतर्फ पर्ने यस इलाकामा भएको डरलाग्दो घटनाको खवर प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ ।

पाँच व्यक्तिको शव एकै घरभित्र पाइएको थियो । त्यसैगरी दुई जनाको शव उक्त घरभन्दा केही पर पाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

मारिने ती व्यक्ति एकै घरका हुन् या उक्त बस्तीका विभिन्न घरका भन्ने बारेमा केही खुलाइएको छैन । तर बालबालिका भने एकै घर परिवारका हुनसक्ने अनुमान गरिएको छ ।

यस घटनामा चार बालबालिकासहित सात व्यक्तिको मृ्त्यु भएको पर्थका प्रहरी प्रमुखले पुष्टि गरेका छन् ।

यस गोली प्रहारमा मारिएका बालबालिकाको उमेर पनि खुलाइएको छैन । प्रहरी प्रमुखले सामूहिक गोली प्रहारको पुष्टि गरेका छन् ।

सन् १९९६ मा अष्ट्रेलियाको पोर्ट आर्थुरमा भएको भीषण आमहत्यामा परी ३५ व्यक्तिको मृत्यु भएको थियो । आज भएको सामूहिक हत्यालाई यसपछिको नै भीषण हत्याको रुपमा लिइएको छ ।

उक्त हत्याकाण्डको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसको उद्देश्य पनि खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top