×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अष्ट्रेलियामा एआइबीटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौलमा

८ फाल्गुन २०७५

विराटनगर, फागुन ८
अस्ट्रेलियन सरकारले एआएबीटी कलेजको दर्ता खारेज गरेसँगै हजारौँ नेपाली विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । हजारौं नेपाली विद्यार्थीहरू अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेको समाचार सार्वजनिक भएपछी त्यहाँको सरकारले कलेजको दर्ता खारेज गरेको छ ।

अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढ्न पुगेका विद्यार्थीहरू कलेज र एजेन्टको गलत रबैयाका कारण अन्यौलमा परेका थिए । विद्यार्थीको अन्तर्रा्ष्ट्रिय संगठन (सीसा), सम्बन्धित निकाय तथा अष्ट्रेलिया दूतावासमासमेत यो विषयले प्रवेश पाए पछि अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले मंगलबार साँझ कलेजको दर्ता खोरेजी गर्ने निर्णय गरेको हो ।

बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी गलत रबैयाको शिकार भएका थिए । चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न आएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङको सम्वन्धन नपाउने भएपछि आत्तिएका थिए । यतिखेर चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् ।

कलेजको खारेजीपछि त्यहाँ अध्यनरत हजारौ बिध्यार्थीको भबिष्य के हुने भन्ने विषय अहिले गौण छ । अस्ट्रेलियाको शैक्षिक पद्धतिमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्छ । यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदन पछि मात्र विद्यार्थी भर्ना लिन पाइन्छ । तर, अन्य विषयमा यसको अनुबन्धनले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नर्सिंङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को अनुमति आवश्यक रहन्छ । त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका बिध्यार्थीलाई हस्पिटलमा इन्टर्न्शिपका लागि, अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक हुन्छ ।
कयौँ परीक्षणकै क्रममा धमाधम विद्यार्थी लिने र पढाइ सुरू गर्ने र कमाइहाल्ने प्रवृत्तिले विद्यार्थी यतिवेला नराम्रोसँग प्रभावित भएका छन् । काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलीया (सीसा) का केन्द्रीय अध्यक्ष विजय सापकोटाले यो विषय गम्भीर रहेको र उनिहरूको ट्यूसन फी र आगामी पढाइका बारेमा सम्वन्धित निकायमा छलफल अगाडि बढाउने बताए ।

उनले अहिले प्रारम्भीक रूपमा कलेजको बदमासी प्रमाणित भएको बताए । सापकोटाले विद्यार्थीहरुको अगामी पढाइका बिषयमा रिलिज दिने वा पढेको बिषय जोडिने भन्ने अबको अर्को चरणमा छलफल हुने बताए ।

सनराइज कन्सल्टेन्सीबाट डेढ वर्ष अगाडि एआइबीटीमा पढन आएकी सद्रीसा खरेल आफूहरू पीआर र नागरिकताभन्दा पनि अस्ट्रेलिया पढ्न आएको र फीसँगै यो डेढ वर्षको पढाइ र क्षतिको जिम्मेबारी सम्वन्धित निकायले लिनुपर्ने बताउँछिन् ।

अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटीको मान्यता पाएपछि बिभिन्न प्रावधान राखेर सीओइ जारी गर्दै धमाधम विद्यार्थी भर्ना लिने र विषयका बारेमा स्पष्ट ज्ञान नहुँदा नेपाली विद्यार्थी अस्ट्रेलियामा मारमा परेका छन् । यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन् ।

पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिँदा विद्यार्थीहरू अन्यौलमा परेका हुन् । एन्म्याकले पछिल्लो पटक भाषागत समस्या देखाउँदै इगंलिस भाषा परीक्षा आइएलटीएसमा सात अंक आउने विद्यार्थीलाई मात्र डिप्लोमा अफ नर्सिङ पढ्न पाउने निर्णय गरेपछि थप नेपाली विद्यार्थीहरू मर्कामा परेका छन् । सन् २०१७ को अक्टोबरमा यो नियम जारी गरिए पनि त्यसअघि भर्ना भएका विद्यार्थीको हकमा यो नियम लागू नहुने बताइएको थियो। तर पछिल्लो समय कलेजमा भर्ना हुन सबै विद्यार्थीले अंग्रजी भाषा टेष्टमा अनिवार्य सात अंक ल्याउनुपर्ने भएपछि धेरै विद्यार्थी मर्कामा परेका हुन्। यो सँगै अष्ट्रेलियामा नर्सिङ कोर्स थप झन्झटिलो भएको छ ।

अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स (एका) ले पनि मंगलबार साँझ बिज्ञप्ति जारी गर्दै विद्यार्थीको हितमा कलेजलाई निर्णय लिन आग्रह गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताएको छ । कलेजले २८ दिन भित्र निर्णयको पुनरावोलकनका लागि माथिल्लो निकायमा अपिल गर्न पाउनेछ । –सेतोपाटीबाट

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top