Nepal Times
Nepal Times
3
Shares

अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो

अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो

एजेन्सी, कात्तिक २२ 
तीन टि–ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको छ । शुक्रबार जितका लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिायले ११.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । योसँगै तीन टि ट्वान्टी सिरिज अष्ट्रेलियाले २–० ले जितेको छ ।

उसका ओपनर तथा कप्तान आरोन फिन्च ५२ र डेविड वार्नर ४८ रनमा अविजित रहे । फिन्चले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । वार्नरले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । पाकिस्तानका ओपनर इमाम उल हक १४, कप्तान बाबर आजम ६ र इफ्तिखार अहमदले ४५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका केन रिचड्सनले ३, मिचेल स्टार्क र सीन एर्बोटले समान २ तथा एश्टोन अगरले १ विकेट लिए ।

पहिलो खेल बर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा अष्ट्रेलिया ७ विकेटले विजयी भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.