×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

असफल सरकारलाई नबोक्न नेकपा सांसदलाई बालकृष्ण खाँडको सुझाव

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार असफल भईसकेकाले सरकारको असफलतालाई बदल्न तयार हुन सत्तारुढ दललाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालय गत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै उनले कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनमा सरकार पुर्ण रुपमा असफल भईसकेकाले असफल सरकारलाई नबोक्न नेकपालाई सुझाव दिए ।

सरकार तथा प्रधानमन्त्री असफल भएपनि मुलुक असफल हुन नसक्ने भन्दै असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिड्न पनि सत्तापक्षका सांसदहरुलाई सुझाव दिए । उनले भने “कोरोना व्यवस्थापन, बाढी पहिरो व्यवस्थापन, प्रशासन व्यवस्थापन लगायतमा पुर्ण रुपमा सरकार असफल भएको छ ।

प्रधानमन्त्री ज्यू असफल हुनुभएको छ । सत्तासिन पार्टी असफल नबनोस् । त्यसकारण असफल सरकारलाई कतिसम्म बोक्ने ?असफल प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने ? सत्तासिन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार हुनुहोस् । मुलुक असफल हुन सक्क्तैन ।

सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, मुलुक असफल हुनुहुदैन । सत्तासिन पार्टीले गम्भीर निर्णय गरोस् ।” उनले कालापानी , लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकाले आवश्यक बजेट छुट्याउन माग गर ।

उनले भने “कालापानी ,लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । सांसदको लोगोमा पनि हामीले परिस्कृत गरेका छौ । तर सरकारको सबै मन्त्रालयको बजेटमा हेर्यौ हामीले । कर्ही पनि त्यसका लागि बजेट छुट्याइएको छैन ।

के कागजमा मात्रै ल्याउन खोजेको हो लिम्पियाधुरा, लिपुलेक र कालापानी?” उनले मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिए । उनले भने “हाम्रो सरकार चकलेटी सरकार हो ।

चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।”उनले विद्युतिय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले भने “तीनबर्ष भित्र काठमाण्डौ उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो बर्षमा विद्युतिय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै वर्हिगमन गर्ने ? ”

‘कसैलाई भोको नराख्ने र भोकले मर्न नदिने’ भन्ने सरकारले अहिले क्वारेन्टाईनमा बसेकालाई आफै खाना लिएर आउ भनेको तथा कसम खुवाएर क्वारेन्टाइनबाट घर पठाउने गरेको भन्दै सरकारको आलोचना गरे । उनले भने “विपद व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयले गर्नु पर्नेमा रक्षामन्त्रीले गर्नु भएको छ ।

तर ईश्वरको नाममा सपथ नखाने मन्त्रीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका कोरोना संक्रमित र संक्रमित नभएकालाई घरबाट बाहिर ननिस्कनु, वृद्धवृद्धालाई नभेट्नु, बालबालिकालाई नभेट्नु, छिमेकीलाई नभेट्नु भनेर कसम खुवाएर घर पठाईरहेका छन् । सपथ खुवाएर पठाईएको छ । यसमा घोर आपत्ती छ । ”

उनले बन्द रहेका शैक्षिक संस्था संञ्चालन सम्बन्धमा शिक्षामन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए । उनले भने “अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका कतिपय शिक्षा सम्बन्धी कतिपय प्रावधानमा स्वयम् शिक्षामन्त्रीले नै गीत गाउदै हिड्नुभएको छ । अर्को तर्फ शिक्षामन्त्रीले अब विद्यालय चल्छन् चल्छन् भनिरहनु भएको छ ।

अब भर्ना हुन आउ भन्नुहुन्छ । ” तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले त्रिभुवन विश्वविद्यालयमा १४ सय प्राध्यापक शिक्षकहरुको दरबन्दी स्वीकृत गरेको स्मरण गराउदै त्यसपछि दरबन्दीअनुसार स्थायी र आंशिक गराउने काम नभएको साथै लकडाउनको समयमा आंशिक कार्यरत शिक्षक, प्राध्यापक, सह प्राध्यापकलाई तलब नदिएकोमा पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले सबैलाई जीविकोपार्जनकलागि आवश्यक रकम अर्थात् राहतको व्यवस्था मिलाउन माग गरे । उनले भने “सामुदायिक विद्यालय र सरकारी विद्यालयमा कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन बनाउने अनि नीजी विद्यालय शुल्क लिनका लागि संञ्चालन गर्ने ? यो विल्कुलै अनुचित हुन्छ ।

विद्यालय चलाउने हो भने सबै चलाउनु पर्छ । सरकारी विद्यालय र विश्व विद्यालय नचलाउने अनि नीजी विद्यालय फि लिन चलाउने ? यो सरकारले गुम्राह गरेको हो । यसको म घोर भत्र्सना गर्दछु । यस्तो हृदय विहिन सरकार बन्नु हुदैन । विश्वविद्यालयमा नवियता विरुद्धको काममा उद्ध्त हुनुहुदैन । ”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top