×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कञ्चनपुर, १७ वैशाख ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो ।

नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।

वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए ।

चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ उनले भने, असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् ।

शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताए ।

पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उनले भने “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ ।“

यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top