Nepal Times
Nepal Times
3
Shares

असोजसम्म २ करोड खोप पक्काः स्वास्थ्य राज्यमन्त्री

असोजसम्म २ करोड खोप पक्काः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए ।

२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित भएको बताएका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले कोभ्याक्सअन्तर्गत १ करोड ५० लाख खोप नेपाल आउने तय भएकोमा ४० लाखको प्रक्रिया अघि बढेको बताए । यसैगरी, जापानबाट १६ लाख अस्ट्राजेनेका, चीनबाट खरीद गरेर बाँकी रहेको १० लाखसहित २६ लाख र भारतबाट खरीद गरेर आउन बाँकी रहेको १० लाख कोभिशिल्ड र विभिन्न दातृ निकायको सहयोगमा अमेरिकाबाट १ लाख १० हजार गरी २ करोडभन्दा बढी खोप असोजसम्ममा नेपाल आउने पक्का भएको जानकारी उनले दिए ।

फाइजरको ६० लाख र अन्य गरी ३ करोड २३ लाख खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा ५ करोडभन्दा बढी खोप आइपुग्ने जानकारी गराए । बालबालिकालाई लक्षित फाइजरको ६० हजार डोज खोप खरीदको प्रक्रिया अघि बढेको उनले बताए ।

उनले चैतसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएकोमा त्यसअनुसार प्रक्रिया अघि बढाएको भन्दै २०७८ भित्र सबै नेपालीले खोप पाउने दाबी गरे । खोप खरीदकै लागि सरकारले एशियाली बैंकसँग १ सय ६५ मिलियन अमेरिकी डलर ऋण सहायता पनि लिन लागेको उनले बताए ।, याे समाचार आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.