Nepal Times
Nepal Times
3
Shares

असोज १० र ११ गते क्यानको निर्वाचन

असोज १० र ११ गते क्यानको निर्वाचन

३० भदौ, काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटीका प्रतिनिधिबीचको बैठकले क्यानको निर्वाचन मिति तय गरेको हो ।

बैठकले निर्वाचन सहज रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न पनि आग्रह गरेको छ ।

यसअघि राखेप सदस्य सचिवको निर्देशनमा असोज ३ र ४ गते निर्वाचन हुने जानकारी गराइएको भए पनि निर्वाचन हुने–नहुने अन्योल थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.