×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

५ पुष , काठमाण्डौ ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ । शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो ।

वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन् । साम्बाले खेलको १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन् । खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १–० को अग्रता बनाएको थियो ।

वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन् । साम्बाको गोलमा टोलीले अग्रता दोब्बर पारेको थियो । ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा साम्बाको टोलीले खेलमा ३–० को आरामदायी अग्रता बनाएको थियो ।

पहिलो हाफमा ३–० ले अग्रता बनाएको खेलमा वेलिंगटनले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ५४औँ मिनेटमा ग्रेस जेलीले व्यक्तीगत दोस्रो गोल गर्दा वेलिंग्टनले ४–० को अग्रता लियो ।

६९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ५–० को फराकिलो अग्रता बनायो । ८०औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गर्दा वेलिगंटनले ६–० ले अघि रह्यो। खेलको ९० मिनेटमा सातौँ गोल थप्दै वेलिगंटनले ए लिगमा ७–० को सानदार जित दर्ता गरेको हो ।

यसअघि फ्रान्समा व्यावसायिक लिग खेलेकी साम्बा यो सिजन वेलिंग्टनमा आबद्ध भएकी हुन् । यता सावित्राको अनुपस्थितिमा नेपाल एपिएफ क्लबले भारतको इस्ट बङ्गाल क्लबसंग उपाधि भीडन्त गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल खेल हुँदैछ । जसमा यी दुई टोली भिड्न लागेका हुन् । राउन्ड रोविन प्रतिस्पर्धापछि सहभागी अन्य तीन टोलीलाई पछाडि पार्दै यी दुईले फाइनलमा स्थान बनाएका हुन् ।

अब एपिएफसँग शनिबार इतिहास रच्ने अवसर छ । साफ च्याम्पियनसिपले सातौं संस्करण पार गर्दा नेपाल ६ पटक उपविजेतामा सीमित हुनुपरेको छ । भारतले मात्र नेपाललाई चार पटक फाइनलमा हराएको छ ।

इस्ट बङ्गाललाई हराउन सके नेपाली महिला फुटबलमा एपिएफको उपलब्धि सुनौलो अक्षरमा लेखिने छ । यो जित एसियन कपमा पुग्न नसकेको पीडामा मलम हुनेछ । यसका लागि एपिएफसँग घरेलु समर्थकको साथ रहनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top