×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

२१ बैशाख २०७५

चितवन, २१ वैशाख ः चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ ।

असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स फाउण्डेसन, अमेरिकाले ब्लड क्यान्सर रोग लागेका बिरामीलाई भनेर सहयोग गर्दै आएको करीब ३०÷४० प्याकेट औषधिमा धमिरा लागेको पाइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले धमिरा लागेको स्वीकार गर्दै औषधि नै बिग्रने गरी भने धमिराले नखाएको दाबी गरे । “काठ भएको ठाउँमा धमिरा छ, मेन कभरलाई धमिराले खान शुरु गरेको छ, औषधिमा धमिरा छैन, हामीले निकालिसकेका छौँ ।” डा आचार्यले भने ।

धमिरा लागेको कतिपय औषधि काम नलाग्ने अवस्थाको जस्तो देखिन्छ । ग्लिभेक १०० एमजीको उक्त यहाँ स्टकमा ६२ प्याकेट रहेको औषधि शाखा हेर्दै आउनुभएकी स्टाफ नर्स लक्ष्मी न्यौपानेले जानकारी दिइन्। एउटा प्याकेटमा १०० वटा ट्याबलेट हुन्छ । केही प्याकेटमा धमिरा लागे पनि औषधिमा नलागेको दाबी उनको छ ।

महँगो औषधि भएकाले विदेशीले सहयोगमा दिँदै आएका छन् । बिरामी प्रमाणित भएको कागजात पठाएपछि सोही कागजातको आधारमा विदेशबाट उक्त औषधि क्यान्सर अस्पताललाई आउँछ । “कार्टुनमा अलिकति धमिरा लागेको पाइयो, ट्याब्लेट नै चाँहि खाएको छैन,” न्यौपानेले भनिन्, “१०÷१५ प्याकेटमा बाहिरपट्टि धमिरा लागेको छ, तत्कालै नबाँडौँ भनेर मात्रै छुट्याएका छौँ ।”

न्यौपानेले यो औषधि सम्बन्धी बिरामी अस्पतालमा करीब ९०० जना भएको बताइन् । कतिपयले अहिले पनि औषधि खाँदै आएका छन् । यति महत्वपूर्ण औषधिलाई लापर्बाहीपूर्वक राख्दा धमिरा लागेको हो । अस्पताल प्रशासनका अनुसार बाहिरबाट आएको कार्टुनमा नै राखिएको तर होसियारी नअपनाउँदा बिरामी बचाउने औषधिमा धमिरा पसेको हो ।

क्यान्सर अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले क्यान्सर अस्पतालमा धमिरा अलि बढी नै भएको जानकारी दिँदै बाक्लो कार्टुन भएकाले त्यसको तल्लो भागमा धमिरा लागेपनि औषधिमा असर नपरेको दाबी गरे । सो विषयमा म्याक्स फाउण्डेसनले पनि प्रश्न उठाएको अस्पताल स्रोतले बताएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top