Nepal Times
Nepal Times
3
Shares

आँचलले गरिन् प्रेमी उदिपसँग इन्गेजमेन्ट

आँचलले गरिन् प्रेमी उदिपसँग इन्गेजमेन्ट

१२ फागुन, काठमाडौँ ।
नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । सोमबार काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा आँचलले प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

उनीहरुले बिबाहको मिति भने फागुनको अन्तिमलाई रोजेका छन् । इन्गेजमेन्टमा आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको मात्र उपस्थिती थियो ।

आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए ।

नायिका आँचल शर्मा बिबाहलाई लिएर निकै उत्साहित देखिन्छिन् ।सामाजिक संजालमा आएका उनका तस्विर र स्टोरीहरुले पनि उनी दुलही बन्न उत्साहित रहेको पुष्टि गर्थे ।

आँचल बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताउँछिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.