×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

९ साउन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गरेका छन् । ४२ औं पुष्पलाल स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने र आफैलाई केन्द्रविन्दुमा राख्नेहरु आफै पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी गरे ।

विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके सबै कुरा गति र स्वभाविक प्रकृयामा अगाडी बढ्ने उनले बताए । उनले भने, ‘‘विधिको पालना गरिएन भने, ‘आइएम द स्टेट’ ठानियो भने, आफुलाई सर्वोपरी ठान्न थालियो भने, आफुलाई मात्र केन्द्रविन्दुमा राख्न थालियो भने, आफु बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहंकारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृतिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’’ नेता नेपालले त्यस्तो प्रवृतिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताए । उनले भने, ‘त्यस्ता विचार र प्रवृतिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने । त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिाल हुन थालेको छ ।’’

पार्टी फुटाउन खोज्ने एक्लिएर जाने
नेता नेपालले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गरेका छन । कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उनले बताए । उनले भने, ‘‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाल छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’’

नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताए । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उनले बताए । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘म मान्दिन, म मान्न बाध्य छैन आदी इत्यादी भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइदैन । मलाई लाग्छ फेरी पनि बुद्धि सबैमा पलाउने छ ।’’

नेता नेपालले सबैलाई समयमै जिम्मेवार हुन पनि आग्रह गरे । सबैले आ—आफ्ना कमि कमजोरी सुधार गर्दै अगाडी बढ्नुपर्ने बताए । सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडी बढ्न सके विचार, संगठनका हिसाबले पार्टी बलियो हुने उनको भनाई छ । श्रेष्ठता व्यवहारमा देखाउन सकिएमात्रै कम्युनिष्ट पार्टीको औचित्य सावित हुने उनले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top