×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

६ पुष , काठमाण्डौ ।

रियल मड्रिडका फरवार्ड केलियन एम्बाप्पेले ५९ औं गोल गर्दै एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्लब कीर्तिमान बराबरी गरेका छन् । यो कीर्तिमान यसअघि उनकै ‘आइडल’ क्रिस्टियानो रोनाल्डोले सन् २०१३ मा बनाएका थिए ।

एमबाप्पेले रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी बराबरी गर्ने क्रममा सेभिल्लामाथि जित निकालेको हो । स्पेनिस लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभिल्लालाई १–० को गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियललाई जित दिलाएका थिए । एमबाप्पेको गोलसँगै रियलका लागि रोनाल्डोले एक वर्षमा गरेको ५९ गोलको कीर्तिमानी बराबरी गरेका हुन् ।

रियलको जितमा जुड बेलिंगघमले खेलको ३८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६८ औँ मिनेटमा सेभिल्ला १० खेलाडीमा समेटिएको थियो। मार्काओले दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८६ औँ मिनेटमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । रोड्रिगोलाई सान्चेजले फाउल गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जुन अवसरलाई एमबाप्पले खेर जान दिएनन् र पेनाल्टीमा गोल गरे ।

आफ्नो २७औं जन्मदिनकै दिन एम्बाप्पेले रोनाल्डोको कीर्तिमान बराबरी गरे। गोलपछि उनले टोलीका साथीहरूसँग खुसी साटे र रोनाल्डोको चर्चित गोल ‘सेलिब्रेसन’ ‘सु’ शैली देखाए। पछि टेलिभिजन क्यामेरातर्फ चुम्बन गरे ।

सन् २०२४ को समरमा पेरिस सेन्ट–जर्मेनबाट रियल आएका एम्बाप्पेले यस सिजन क्लबका लागि २९ गोल गरिसकेका छन् । यसमा ला लिगाका १८ गोल समावेश छन् । एम्बाप्पेले भने,‘मेरो पहिलोसिजनमै क्रिस्टियानोले गरेको जस्तै गर्न पाउनु अविश्वसनीय छ । उहाँ मेरो आदर्श हुनुहुन्छ र रियलको इतिहासकै उत्कृष्ट खेलाडी हुनुहुन्छ।’

रियलको जितसँगै शीर्ष स्थानको बार्सिलोनामाथि दबाब थपिएको छ । १८ खेलमा १३ जित, ३ बराबरी र २ खेलमा हार भोग्दै रियल ४२ अंकमा दोस्रो स्थानमा छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना १४ जित, १ बराबरी र २ खेलमा हार भोग्दै ४३ अंकमा शीर्ष स्थानमा छ ।

गएराति नै भएको खेलमा ओसासुनाले अलाभेसलाई ३–० ले हराएको छ । लेभान्ते र रियल सोसिडाडले १–१ को बराबरी गर्दा रियल ओभिडो र सेल्टा भिगोले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् ।

यता अलेक्जान्डर इसाक र ह्युगो एकिटिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २–१ ले पराजित गरेको छ । उता एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले पनि शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको छ ।

यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ । यो जितपछि म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा यथावत् छ । वेस्ट ह्याम भने १३ अंकसहित १८औँ स्थानमा छ । यस्तै आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १–० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top