Nepal Times
Nepal Times
3
Shares

आईपीएलमा कोलकाता चेन्नईसँग १९ रनले पराजित

आईपीएलमा कोलकाता चेन्नईसँग १९ रनले पराजित

९ वैशाख, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधवार राति भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुँदै दुई सय दुई रनमात्र बनाउन सक्यो । कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाए ।

त्यस्तै आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाए । तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा पनि कोलकाता पराजित भयो ।

चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहर एक्लैले चार विकेट लिए । त्यस्तै लुङ्गी एन्गिडीले तीन र साम करनले एक विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रन बनाए । त्यस्तै रुतुराज गायकवाडले ६४ रनको योगदान गरे ।

५ ओभर २ बलमा बोर्डमा ३१ रन हुँदा पाँच विकेट गुमाइसकेको अवस्थामा कोलकाताका लागि आन्द्रे रसेलले दिनेश कार्तिकले छैटौँ विकेटका लागि १ रनको पार्टनरशिप गर्दै खेलमा फर्किन प्रयास गरेका थिए । ११ ओभर २ बलमा रसेल आउट भए ।

त्यसपछि क्रिजमा आएका कमिन्स र कार्तिकले सातौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । १४ ओभर ६ बलमा कार्तिक आउट भए । त्यसपछि क्रिजमा आएका कमलेश नगरकोटीसँग प्याट कमिन्सले आठौँ विकेटका लागि ३० रनको साझेदारी गरे ।

१६ ओभर २ बलमा नगरकोटी आउट भए । त्यसपछि क्रिजमा आएका वरुण चक्रवर्तीसँग कमिन्सले २४ रनको साझेदारी गरे । १८ ओभर ३ बलमा चक्रवर्ती आउट भएपछि कोलकाता खेलमा फर्किन सकेन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.