×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएलमा सन्दीपको सनसनी, मुम्बई बाहिरियो

७ जेष्ठ २०७५

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्।

आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा दिल्ली डियरडेभिल्सका तर्फबाट चामत्कारिक प्रदर्शन गर्दै उनले ३ विकेट लिएका हुन्। आइतबार भएको खेलको पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि नवौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप २ विकेट लिएका थिए।

मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्भिक ब्याटस्म्यान सूर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका थिए। पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सूर्यकुमार यादवको विकेट लिन सफल भए।

नवौं ओभरको पहिलो बलमा नै उनले किरन पोलार्डको विकेट लिएका थिए। त्यसपछि क्रिजमा आएका कुणाल पाण्डेयलाई उनले ओभरको चौथो बलमा आउट गरेका थिए। सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। दिल्लीका लागि रिसव पन्तले ४४ बल खेल्दा समान ४ चौका र छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए। विजय शंकरले ३० बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रनको योगदान गरे।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top