×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल खेलेर स्वदेश फर्किए सन्दीप , प्रधानमन्त्री कप नखेल्ने !

२९ बैशाख २०७६

काठमाडौं, बैशाख २९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर स्वदेश फर्किएका छन् । आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका उनी आईतबार दिउँसो नेपाल आएका हुन् । दिउँसो ५ ः १५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई स्वागत गर्न क्रिकेट समर्थक तथा केही क्रिकेटका पदाधिकारीहरु पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २ घण्टा ढिलो गरी ल्यान्ड भएको एयर इन्डिया विमानबाट ओर्लिँदा उनी हर्षित देखिन्थे ।खराब मौसमका कारण २ बजेर ३५ मिनेटमा ल्यान्ड हुने भनिएको बिमानले आकाशमै करिब २ घण्टा फन्को मारेको थियो ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आईपीएल यात्रा राम्रो भएको बताए । उनले टिममा ब्याटिङको खाँचो भएकोले आफु बेन्चमा बस्नुपरेको बताए । उनले भने ‘समग्रमा हेर्ने हो भने राम्रै भयो । गएको वर्षभन्दा बढि नै खेल्न पाएँ । राम्रो हुँदै गइरहेको छ । योपटक हाम्रो टिममा ब्याटिङको खाँचो हुँदा म केही खेलहरुमा बेन्चमै बस्नुर्पयो ।’

उनले टिमलाई तेस्रो बनाउन आफ्नो पनि योगदान रहेको बताए । उनले भने ‘आफ्नो प्रदर्शनबाट म सन्तुष्ट नै छु । टिमको प्रदर्शनमा पनि सन्तुष्ट छु । गएको वर्ष अन्तिममा रहेको टिम अहिले तेस्रो हुनु निकै राम्रो हो । तेस्रो पोजिसनमा दिल्ली आईपुग्न सबैको उतिकै महत्वपूर्ण योगदान छ भन्ने मैले बुझेको छु । मेरो पनि केही योगदान रह्यो होला ।’

प्रधानमन्त्री कप क्रिकेट नखेल्ने
सन्दीपले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ १ गते देखि ७ प्रदेश र ३ विभागिय टोलीको सहभागितामा प्रधानमन्त्री कप हुने बताइएको छ ।

सन्दीपले परिवारलाई समय दिन र आरामका लागि प्रधानमन्त्री कपमा प्रतिस्पर्धा नगर्ने बताएका हुने । ‘केहि समय आराम गर्छु,’ उनले भने,‘ यो समय परिवार र साथी भाईसँग बिताउन चाहन्छु । त्यसैले पिएम कप खेल्दिन ।’
सन्दीपले आइपिएलका ६ खेलमा ८ विकेट लिएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top