Nepal Times
Nepal Times
3
Shares

आईपीएल: मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

आईपीएल: मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

८ असोज, एजेन्सी ।
इन्डियन प्रियिमर लिग (आईपीएल) २०२० मा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । बुधबार आबूधाबीमा भएको आईपीएलको पाँचौ खेलमा साविक विजेता मुम्बईले आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गरेको हो ।

जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

टे«न्ट बोल्टको तेस्रो ओभरको चौथो बलमा सुवमन गिल काइरान पोलार्डबाट ७ रनमा क्याच आउट भए । पाँचौ ओभरको पाँचौ बलमा जेम्स प्याटिन्सनले सुनिल नारायणलाई विकेटकिपर क्विन्टन डी ककबाट एक हातको उत्कृष्ट क्याच गराउँदै ९ रनमा पेभिलिएन फर्काए । ११ औं ओभरको पहिलो बलमा स्पिनर राहुल चहरले कप्तान दीनेश कात्र्तिकलाई ३० रनमा एललबिडब्लू आउट गरे । दीनेशले २३ बलमा ५ चौका प्रहार गरे ।

१२ औं ओभरको चौथो बलमा पोलार्डले हार्दिक पान्ड्याबाट नितेश राणालाई २४ रनमा क्याच आउट गराउँदा कोलकाता १००–५ को अवस्थामा पुगेको थियो । १६ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले आन्द्रे रसेललाई ११ रनमा बोल्ड आउट गरेपछि कोलकाताको जित टाढिएका थियो । चौथो बलमा बुमराहले ओईन मोर्गनलाई डी ककबाट १६ रनमा क्याच आउट गराए । प्याट कमिन्सले १२ बलमा ४ छक्का र १ चौका सहित ३३ रन जोडेपनि जितको लागि पर्याप्त भएन ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडन सहित ३० रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिसनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । काइरन पोलार्डको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले सर्वाधिक ८० रनको योगदान दिए । रोहित युवा तीव्र गतिका बलर शिवम माभीको १८ औं ओभरको पाँचौ बलमा लो फुलटसबलाई ठूलो सट खेल्ने धुनमा लङअनमा प्याट कमिन्सको हातबाट क्याच आउट हुन पुगेपछि शतक सम्म पुग्न सकेनन् । रोहितले ५४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

मुम्बईका ओपनर क्विन्टन डी ककलाई माभीले दोस्रो ओभरको दोस्रो बलमा निखिल नाइकबाट एक रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ९० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । सूर्यकुमार ११ औं ओभरको पाँचौ बलमा ४७ रनमा रन आउट भए । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि सौरभ तिवारी र रोहितले ४९ रनको साझेदारी गरेका थिए । स्पिनर सुनिल नारायणको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा तिवारी प्याट कमिन्सबाट लङअफमा २१ रनमा समातिन पुगे । उनले १३ बलमा समान १ चौका र छक्का प्रहार गरे । हार्दिक पान्ड्या १३ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटका रुपमा आउट भए । आन्द्रे रसेलको १९ औं ओभरको तेस्रो बलमा पान्ड्याको ब्याटले स्टम्प लागेपछि फेभिलिएन फर्किनु परेको थियो । काइरन पोलार्ड १३ र क्रुनाल पान्ड्या १ रनमा अविजित रहे ।

कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेनन् । शिवम माभीले ४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर कुलदीप यादवले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । आन्द्रे रसेलले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । मुम्बईले तेस्रो खेलमा सोमबार बेंगलोरसँग खेल्ने छ भने कोलकाताले दोस्रो खेलमा शनिबार सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.