×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आक्रमक युक्रेन : रुसको ३८ तले आवासीय भवनमा खसाल्यो ड्रोन

१० भाद्र २०८१

१० भदौ, विराटनगर ।

करिब अढाइ वर्ष अघि सुरु भएको रुस–युक्रेन युद्धमा पछिल्लो समय युक्रेन आक्रमक देखिएको छ । रुस–युक्रेन युद्धको सुरुआततिर युक्रेनमाथि रुसले निरन्तर धावा बोलेको थियो । तर, केही समययता भने युक्रेनको प्रतिआक्रमण बढ्दो अवस्थामा छ ।

अत्याधुनिक हतियारका साथमा रुसमाथि जाइलागेको युक्रेनले उल्लेखनीय सफलता हात पारिरहेको छ भने रुस शिथिल अवस्थामा देखिएको छ ।

हालैमात्र युक्रेनले ड्रोन खसालेर रुसको ३८ तले आवासीय भवनमा आक्रमण गरेको छ । रुसको साराटोभमा रहेको उक्त आवासीय भवन ‘भोल्गा स्काई’ मा ड्रोन आक्रमण भएको हो । उक्त घटनामा चार जना घाइते भएका छन् । 

आक्रमणबाट भवनको ठुलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवनमुनि पार्किङ गरिएका २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।

रोयटर्सका अनुसार सोमबार रुसमा २० ड्रोनहरू प्रहार गरिएको थियो । तीमध्ये अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारीअनुसार युक्रेनले नै ती ड्रोनहरू खसालेको हो ।

साराटोभ युक्रेनको सीमाबाट ९०० किलोमिटर टाढा छ । यस आक्रमणपछि सबै प्रकारका हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ड्रोन ‘भोल्गा स्काई’ भवनतर्फ तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ ।

युक्रेनको बढ्दो प्रतिआक्रमणले गर्दा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ । पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसले उनको राजीनामा माग गरिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top