×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आखिर कहाँ गए वाग्नर प्रमुख प्रिगोजिन ?

२२ असार २०८०

२२ असार, एजेन्सी ।
बेलारुसमा शरण लिएका भनिएका वाग्नर समूहका नेता येभ्गेनी प्रिगोजिन हराएको आशंका गरिएको छ । गत महिना बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको मध्यस्ततामा वाग्नर समूहले कु का लागि मस्कोतर्फ बढाएको कदम फिर्ता लिएको थियो र प्रिगोजिनसहित यो समूह बेलारुस प्रस्थान गरेको स्वयं लुकासेन्कोले नै मिडियामा बताएका थिए ।

लुकासेन्कोले प्रिगोजिनलाई बेलारुसले शरण दिन सहमति जनाएका थिए । त्यसपछि नै प्रिगोजिनविरुद्धको देशद्रोहलगायत आपराधिक मुद्दा फिर्ता भएसँगै रुसमा गृहयुद्धको अवस्था टरेको थियो । तर, यतिबेला लुकासेन्कोले नै प्रिगोजिन बेलारुसमा नभएको बताएका छन् । लुकासेन्कोले पत्रकारहरूसँग कुराकानी गर्दै प्रिगोजिन रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्ग गएको हुन सक्ने अथवा मस्कोतिर भएको हुन सक्ने बताए ।

उनले प्रिगोजिन ठ्याक्कै कहाँछन् भनेर खुलाउन सकेनन् । लुकासेन्कोले प्रिगोजिन अहिले पनि रुसमै रहेको र बेलारुसमा कुनै पनि लडाकु समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरेको दाबीसमेत गरेका छन् । मिन्स्कको प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टा लामो गोलमेच वार्तामा उनले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारुसका पत्रकारसँग कुराकानी गरेका थिए ।

सो क्रममा उनले प्रिगोजिन स्वतन्त्र व्यक्ति भएको भन्ने कुरा आफूलाई ‘निश्चितरूपमा’ थाहा भएको बताउँदै भने, ‘मैले हिजो उनीसँग फोनमा कुरा गरेको थिएँ ।’ क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारुसमा शिविर स्थापना नगरेको पनि उनले बताए ।

लुकाशेन्कोले भने, ‘अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन ।’ उनले थपे, ‘यो निर्णय उनको होइन, मस्कोको हो ।’ यता रुसी अधिकारीहरूले भने प्रिगोजिनको व्यवसाय बन्द गराउँदै हिडेका छन् । साथै उनी रहनसक्ने स्थानहरुमा छापा मारिरहेको कतिपय भिडियोहरु समेत मिडियाहरुमा आएका छन् ।

रुसी सञ्चारमाध्यमले बुधवार प्रसारण गरेको तस्बिरमा प्रहरी प्रिगोजिनको विशाल र विलासी भवनमा जुन २५ मा हेलिकप्टर पार्किङ गरी राखिएको अवस्थामा प्रवेश गरेको देखिएको छ । तस्बिरमा प्रहरीले रुबल र डलर, सुनका सिक्का, हतियार, विगले भरिएको कोठरी र प्रिगोजिनको नाममा थुप्रै राहदानी र विभिन्न व्यक्तिको फोटो फेला पारेको देखिएको छ ।

यसले सैन्य विद्रोहको असफल प्रयास गरेका वाग्नर प्रमुख येभेग्नी प्रिगोजिनको तेजोबध गर्न खोजेको जस्तो देखिने अभियान रुसी सरकारले सुरु गरेको संकेत दिएको छ । किनभने प्रिगोजिनको आपराधिक पृष्ठभूमि केलाउँदै रुसी सरकार नियन्त्रित च्यानलहरूले प्रिगोजिन लालचबाट निर्देशित भएको र उनको सम्बन्ध विदेशी गुप्तचरसँग रहेको दाबी गरेका छन् ।

रुसको सरकारी संयन्त्रबाट प्रिगोजिनको व्यक्तिगत जीवन र उनको पृष्ठभूमिबारे यति धेरै नकारात्मक तथा हानिकारक विवरण प्रसारित भएको यो पहिलो पटक हो । केही समयअघिसम्म पनि रुसी टेलिभिजनहरूले भाडाका सैनिकहरूको समूह वाग्नरलाई सकारात्मक ढङ्गले प्रस्तुत गरिरहेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top