×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आजदेखि फेस्टिबल अफ हिमालयः जनकपुरलाई काठमान्डुको चुनौती

२ मंसिर २०८२

१ मंसिर, काठमाण्डौ।

नेपाली क्रिकेटको महाकुम्भ विश्वक्रिकेटमा फेस्टिबल अफ हिमालय बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमान्डु गोर्खाजले चुनौती दिँदैछ ।

एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमान्डुविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो ।

यता, काठमान्डुले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । उद्घाटन खेलका १० हजार दर्शकसहित १३ हजार सिटका टिकट बिक्री भइसकेका छन् ।

टिकट नहुने दर्शकलाई घरबाटै हेर्न क्यानले आग्रह गरेको छ। एनपीएल नेपालमा डिसहोमको एपसहित कान्तिपुर म्याक्सबाट हेर्न सकिनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा हुने क्यानले जनाएको छ। मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिम प्रतिस्पर्धामा छन् । जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स छन् ।

गत संस्करण काठमान्डु नेट रनरेटमा कर्णाली याक्ससँग पछि पर्दा प्लेअफ यात्रा तय गर्न नसकेको टिम हो । नेपाली क्रिकेटमा पूर्व प्रशिक्षक मोन्टी देसाई यो टिमको मुख्य प्रशिक्षक छन् ।

नेपाललाई गत वर्ष टी–२० विश्वकप र त्यसअघि एसिया कपको मञ्चमा उकालेका देसाईको आगमनले टिम यसपटक उपाधि लक्ष्यमा रहनेछ । काठमान्डुको मार्की तथा कप्तानमा राष्ट्रिय टिमका नियमित सदस्य करण केसी छन् ।

यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका भीम सार्की, साहब आलम, आदील आलम र राशिद खानको उपस्थितिले काठमान्डुको उपाधि दाबेदारीलाई बलियो पारेको छ । काठमान्डुले गत सिजनका मार्की तथा कप्तान करणसँगै भीम, प्रतीक श्रेष्ठ, साहब आलम, राशिद खान र दीपेश कँडेललाई रिटेन गरेको थियो ।

यस्तै, अक्सनबाट आदीलसँगै सन्तोष यादव, उत्तम थापामगर, आकाश त्रिपाठी र तुलबहादुर थापालाई काठमान्डुले भित्र्याएको थियो । जसमा अक्सनकै चर्चित अनुहार बनेका आदीललाई काठमान्डुले ‘लक्की ड्र’ बाट पाएको थियो ।

यस्तै, विदेशी खेलाडीमा काठमान्डुले नामिबियाका गेरहार्ड इरास्मस, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोन्सेलोस, अमेरिकाका सन्नी पटेल, इंग्ल्यान्डका बेन चाल्र्सवर्थ, भारतीय मुलका अमेरिकी क्रिकेटर मिलिन्ड कुमार, इंग्ल्यान्डकै जोन सिम्पसनलाई भित्र्याएको छ ।

यसमध्ये इरास्मस गत सिजन काठमान्डुकै प्रतिनिधित्व गरेका खेलाडी हुन् । उनले गत सिजन काठमान्डुबाट सात इनिङ खेल्दा ११० रन बनाएका थिए । ’ट्यालेन्ट हन्ट’मा काठमान्डुले नटराजन साहलाई टिममा ल्याएको छ ।

विदेशी खेलाडीमा रिकार्डो काठमान्डुका हेर्न लायक खेलाडीमा पर्छन् । उनले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टिमको समेत प्रतिनिधित्व गरिसकेका छन् । दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा क्लबबाट उनले १७० इनिङमा ५ हजार २६५ रन बनाएका छन् ।

यस्तै लिस्ट एमा उनले ६० इनिङमा १ हजार ७७८ र टी–२० का ६२ इनिङमा १ हजार ५०४ रन बनाएका छन् । अक्सनका चर्चित अनुहार आदीललाई भित्र्याएको काठमान्डुबाट उनी नेपाली खेलाडीमा हेर्न लायक क्रिकेटर हुन् ।

गत सिजन सात खेलमध्ये चार खेलमा जित निकालेको काठमान्डु प्लेअफका निम्ति नेट रनरेटमा पछि परेको थियो । सात खेलबाट आठ अंक जोडेको काठमान्डु पाँचौँ भएको थियो ।काठमान्डुले लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो ।

दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमान्डुले तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा लुम्बिनी लायन्सलाई १८ रनले हराउँदै काठमान्डुले पाँचौँ खेलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार बेहोरेको थियो ।

छैटौँ र सातौँ खेलमा काठमान्डुले पोखरा एभेन्जर्स र विराटनगर किंग्सलाई क्रमशः ६ र एक विकेटले पराजित गरेको थियो । यस्तै काठमाडौंले आज चुनौती दिने जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता टिम हो ।

राष्ट्रिय टिमकै नियमित सदस्य आसिफ सेख यो टिमका मार्की खेलाडी हुन् । तर, जनकपुरले कप्तानी जिम्मेवारी भने आसिफलाई दिएको छैन । यस टिमले पहिलो संस्करणको उपाधि उचाल्दा अनिल साहलाई नियमित कप्तान बनाएको थियो ।

तर, प्रतियोगिताका दौरान अनिल घाइते हुँदा आसिफले नै टिमको यो जिम्मेवारी सम्हालेका थिए । प्रतियोगिताको पहिलो संस्करण जित्दा जनकपुर नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा थियो ।

तर, यसपटक भने जनकपुरले दासानायकेको साथ पाउने छैन । साविक विजेताले दोस्रो संस्करणका निम्ति वेस्ट इन्डिजका शिवनारायण चन्दपाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको थियो । पुबुदुलाई विराटनगरले भित्र्याएको छ ।

जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाममा दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् ।

यस्तै, पहिलो संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ । सञ्जय कृष्णमूर्ती (अमेरिका), निकोल लोफ्टी इटोन (नामिबिया) र लहिरु हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य नाम हुन् ।

विदेशी खेलाडीमा यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसम थियो । तर, गत सिजन प्रतियोगिताको उपाधि जित्दा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका निसम यसपटक मधेसको यो टोलीमा छैनन् ।

जनकपुरले पहिलो संस्करणका मार्की र कप्तानसँगै ललितनारायण राजवंशी, सुभ कशांकार, तुलबहादुर थापा, किशोर महत्तो र रुपेश सिंहलाई रिटेन गरेको थियो । यस्तै, जनकपुरले अक्सनबाट सचिन भट्ट, आदीत्य महता, मयन यादव र विकाश आग्रीलाई भित्र्याएको थियो ।

घरेलु खेलाडीबाटै दोस्रो संस्करणमा पनि उपाधि दाबेदार बनेको जनकपुरमा आसिफ, ललित र अनिल जस्ता चर्चित नाम छन् । अझ अनुभवी स्पिनर इमरान ताहिरको आगमनले यो टिमलाई झनै बलियो बनाएको छ ।

ताहिर नै जनकपुरको ‘प्लेयर्स टू वाच’मा पर्छन् । गत वर्ष जनकपुरले उपाधि जित्दा लिग चरणमा सातमध्ये पाँच खेल जित्दै प्लेअफ यात्रा तय गरेको थियो । जनकपुरले लिग चरणमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग क्रमशः ७२ र ३२ रनको हार बेहोरेको थियो ।

यसबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको, कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको, पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको, लुम्बिनी लायन्सविरुद्ध एक रनको र काठमान्डु गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यस्तै, प्रतियोगिताको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटको हार बेहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णालीविरुद्ध दुई विकेटको जित निकालेको थियो ।

लिग र क्वालिफायर्समा दुईपटक पराजित भएको जनकपुरले फाइनलमा भने सुदूरपश्चिलाई नै पाँच विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एनपीएलका लागि आइतबार रंगशाला राखेप र क्यानलाई हस्तान्तरण गरिएको छ ।

अहिले पहिलो चरणको काममात्र सम्पन्न भएको हो । त्रिवि क्रिकेट मैदानलाई पूर्णरूपमा सुविधासम्पन्न रंगशाला बनाउन सरकारले गुरुयोजना नै बनाएर कुल १० अर्ब लागतको अनुमान गरेको छ ।

आइतबारकै घोषणा कार्यक्रममा सहरी विकासमन्त्री घिसिङले दोस्रो चरणको कामका निम्ति टेन्डर प्रकृया सुरु गर्न निर्देशनसमेत दिइसकेको बताए । उनले भने, “आगामी दुईदेखि तीन वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्यसाथ हामी अघि बढिरहेका छौँ । १० अर्बको गुरुयोजनासहित दोस्रो चरणको टेन्डर प्रकृया अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।”

रंगशालामा ४३ करोड ७७ लाख रुपैयाँमा प्यारापिट ४२ करोड १९ लाख रुपैयाँमा फ्लड लाइट जडान गरिएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top