Nepal Times
Nepal Times
3
Shares

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने, टिकट अनिवार्य

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने, टिकट अनिवार्य

९ साउन, काठमाडौँ ।
आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यातायात सञ्चालन  गरिने भएको हो ।

परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

यसअघि गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.