×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आजबाट एसियाडको औपचारिक सुरुवात हुँदै, नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने

२ भाद्र २०७५

एजेन्सी,भदौ २
एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार(आज) इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा सुरु हुँदै छ । हरेक चार वर्षमा हुने एसियाडको सन् १९६२ पछि इन्डोनेसियाले दोस्रो पटक आयोजना गर्न लागेको हो ।

१९५१ देखि सुरु भएको एसियाडको १९ औं संस्करण चीनले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । चीनले यसअघि २०१० मा पनि आयोजना गरेको थियो । आज हुने उद्घाटनमा ठूलो संख्यामा कलाकारहरुको सहभागिता रहने बताइएको छ ।

नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दै
एसियाडमा नेपालले २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियाडका ४५ देशका खेलाडीले उद्घाटन समारोहमा मार्चपास गर्नेछन् । मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै भारोत्तोलनका कमल अधिकारीले नेपालको झन्डा बोक्नेछन् । कमल अधिकारीले २००६ मा श्रीलंकामा भएको १० औं सागमा स्वर्ण जितेका थिए । भारोत्तोलनबाट सागमा नेपाललाई स्वर्ण पद दिलाउने उनी एक्लो खेलाडी हुन् ।

एसियाडमा नेपालले अहिले सम्म २३ वटा पदक जितेको छ । जसमध्ये एउटा कास्य पदक १९८६ मा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोको रहेको छ । त्यो पदक विधान लामाले दिलाएका थिए । २३ मध्ये अहिले सम्म सबैभन्दा ठूलो पदकका रुपमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् । उनले १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन् ।

नेपाललाई तेक्वान्दोले नै एसियाडमा बढी पदक दिलाउने खेल भएपनि पछिल्लो दुई संस्करणमा भने खाली हात फर्केको छ । चीनमा २०१० मा र कोरियामा २०१४ मा भएको एसियाडमा नेपालले एक एक कास्य पदकमा चित्त बुझाउनु परेको थियो । चीनमा बक्सिङका दीपक महर्जन र कोरियामा करातेकी बिमला तामाङले पदक जितेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top