Nepal Times
Nepal Times
3
Shares

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

२२, भदौ, विराटनगर ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस । हरेक वर्ष सेप्टेम्बर ८ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघले तय गरेको दीगो विकास लक्ष्यको महत्वपूर्ण पाटोका रुपमा साक्षरता रहेको छ । विश्वभरका देश तथा सरोकारवालाहरुलाई साक्षरता अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्ने तथा साक्षरताका अवरोध र त्यसलाई तोड्ने उपायहरुबारे छलफल थप प्रभावकारी बनाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको हो ।

यस वर्षको दिवसलाई आदिबासी भाषाको अन्तर्राष्ट्रिय वर्षसँग जोडेर मनाइएको छ । यो वर्ष साक्षरता र बहुभाषावादलाई आधार मानेर दिवस मनाईँदै छ । शिक्षामा विशेष आवश्यकता सम्बन्धी विश्व सम्मेलन भएको २५ औँ वर्षगाँठ भएकाले यो वर्ष विशेष रुपमा मनाईँदै छ ।

सन् २०१५ को सेप्टेम्बरमा विश्वभरका नेताले सहमति जनाएको दीगो विकास लक्ष्यको लक्ष्य नम्बर चारमा साक्षरता रहेको छ ।

यस अनुसार सबैलाई गुणस्तरीय शिक्षा र सिक्ने अवसरहरु प्रदान गर्ने उल्लेख छ । यस अन्तर्गत सबै बालबालिका तथा वयस्कहरुलाई साक्षर बनाउनेमा प्रतिबद्धता जनाइएको छ ।

नेपाल सरकारले यो वर्ष (वि.सं २०७६) लाई साक्षर नेपाल वर्ष मनाउने घोषणा गरेको छ । गएको माघमा मन्त्रीपरिषद बैठकले यहि वर्ष देशलाई पूर्ण साक्षर बनाउने घोषणा गरे पनि हालसम्म ७७ मध्ये ५१ जिल्ला मात्रै पूर्ण साक्षर भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.